र्‍यापर लाहुरे धरौटीमा रिहा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
Lahure Photo

पोखरा, १० फागुन । र्‍यापर आशीष राना ‘लाहुरे’ रिहा भएका छन् । लागु औषसम्बन्धी कसूरमा गत पुस १४ मा पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशले मंगलबार ५० हजार धरौटीमा रिहा भएका हुन् ।

सो अभियोगमा लाहुरेसँगै पक्राउ परेका अन्य ३ जना भने पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतका सूचना अधिकारी नील पनेरुले अदालतमा मंगलबार थुनछेक बहसपछि अदालतले सो आदेश दिएको बताए ।

जेलचलान हुनेमा पोखरा २१ घर भई हाल पोखरा १७, छोरेपाटनका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा ७ घर भइ हाल पोखरा १, बगर बस्ने ३० वर्षीय नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट ६ घर भइ हाल पोखरा ८, सभागृहचोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङ हुन्।

गत पुस १४ मा पोखराको न्यूरोडबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । खानतलासीमा नवीनको साथबाट ०.५१ ग्राम लागुऔषध ब्राउन सुगर भेटाएको थियो । प्रारम्भिक अनुसन्धानक्रममा पोखरा सभागृहचोक बस्ने सुस्मिताको कोठाभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर १२.५० ग्राम फेला परेको थियो । साथै प्रहरीले सुस्मिताको साथबाट ३८ हजार, ५ थान मोबाइल सेट, ग २१ प ३३ २३ नम्बरको स्कुटर समेत बरामद गरिएको थियो ।

लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको लाहुरे, हाउडे, केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् । लाहुरे लागुऔषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width