पोखरा । नागरिक परोपकार समन्वय संस्था कास्कीले आगलागी जोखिमबाट बच्न वडा ३० को समन्वयमा सोमबार सचेतनामूलक कार्यक्रम गरेको छ । पहिलो चरणमा वडाभित्रका टोल विकास संस्थाका प्रतिनिधिलाई सहभागी गराइयो ।
गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख गोविन्द अधिकारीले आगलागीका घटनामा दमकल एवं सुरक्षाकर्मी तत्काल पुग्न नसकेकोे अवस्थामा स्थानीयस्तरमा केही हदसम्म टेवा पुग्ने बताउँदै यसको प्रयोगले मानिसले जीवनभर कमाएको सम्पत्ति र धन क्षणभरमै नष्ट हुनबाट जोगिन सक्ने बताए ।
पोखरा ३० का अध्यक्ष तथा संस्थाका संरक्षक श्रीराम पोखरेलले छिट्टै वडाभित्रका घरहरुको नक्सा पास गर्दा अनिवार्य रुपमा अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी गराए ।
सशस्त्र प्रहरी बल कालिका गणका दीपक सिग्देलको टिमले आगलागीबाट बच्न सो यन्त्रको उचित सदुपयोग गर्न सक्ने र थप जोखिम न्यूनीकरण गर्न प्रशिक्षण प्रभावकारी हुने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाको अभियानमा सबैले साथ दिन अपिल गर्दै आगलागी हुँदा दमकल आउनुपूर्व नै आगो नियन्त्रण एवं उद्धारका कार्य छिटो हुन सकूँन् भन्ने उद्देश्यले अग्नि नियन्त्रण यन्त्रको शुभारम्भ कार्यक्रम सञ्चालन गरिएको बताएका थिए ।
वडाध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चिरञ्जीवी तिवारी, पूर्व मेयर विष्णु पोखरेल, एमाले पोखरा–३० का अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेस उपसभापति रामप्रसाद पौडेल, माओवादी केन्द्र अध्यक्ष भरत न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव रामराज अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१