पोखरामा असिनाले ११ करोडको क्षति

विजय नेपाल
फागुन १०, २०७८
hail~ (3)

पोखरा । पोखरामा आइतबार परेको भीषण असिनापानीले कृषकलाई बिचल्ली पारेको छ । बिरलै देखिने यति बाक्लो असिनाले केहीलाई रमाइलै लागे पनि कुटोकोदालो गरेर उब्जाउ गर्ने कृषकलाई भने यहीं असिना दशा बन्यो । असिनाकै कारण कसैको भैंसी नै मरेका छन् भने कसैको गोठ तथा टनेल नै भत्किन पुगे । असिनापानीका कारण पोखरा महानगर क्षेत्रमा करिब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले हालसम्मको प्रारम्भिक विवरण संकलन आधारमा ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए । उनका अनुसार पोखराको वडा ३, ९, ११, १२, १३, १४ र १८ मा बढी क्षति पुगेको छ । ‘क्षतिको अवलोकन गर्न महानगरको कृषि प्राविधिकसहितको टोली सोमबार विभिन्न वडामा पुगेको थियो,’ उनले भने, ‘त्यसमध्ये वडा ३, ९ र ११ असिनापानीको ‘इपिसेन्टर’ बन्यो ।’
असिनापानीले खासगरी खाद्यान्नतर्फ तोरी, गहुँ, फापर, घाँसतर्फ जौ घाँस, फलफूलतर्फ विभिन्न जातका फलफूल, तरकारीतर्फ काउली, साग, आलु, घिंरौला, काँक्रो, प्याज, लसुन, मेथी लगायतमा क्षति पुगेको छ । बालीनालीमा पूर्ण रुपमा क्षति पुग्दा कृषक चिन्तामा छन् । पोखराका विभिन्न वडामा गरी करिब १ हेक्टर क्षेत्रफलमा क्षति पुग्न गएको हो ।
पोखरा वडा ११ मा पहलमान गुरुङले संचालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैंसी असिनाकै कारण मरेका छन् । फार्ममा लगाइएको टिनमा असिनाको भार पर्दा भाँचिन पुग्दा भैंसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङले आफ्नो करिब १८ देखि २० लाख बराबरको क्षति भएको गुनासो गरे ।

कृषकले बिमा सुविधाबारे बेवास्ता गर्दा यसप्रकारका प्राकृतिक विपत्तिको मारमा पर्ने गरेका छन्

सोही वडाकै केहरमान गुरुङले संचालन गर्दै आएको मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टेनलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको बताए । असिनाको भारका कारण टनेल भाँचिएको उनको भनाइ छ ।
ठूलो परिणामको क्षतितर्फ पोखरा ११ मै दीपगंगा कृषि फार्म पनि हो । मेकबहादुर गुरुङले संचालन गर्दै आएको सो फार्ममा असिनापानी भत्किंदा २ वटा भैंसी घाइते भए । पशुपालन तथा कृषि गरी फार्ममा करिब १५ लाख बराबरको क्षति पुगेको उनको अनुमान छ । असिनाले कतिपय ठाउँमा कौंसीखेती पनि छोडेको छैन ।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले अन्य वडाको तुलनामा पोखरा ११ मा बढी क्षति पुगेको बताउँछन् । उनले कृषकको राहतमा आफूले पहल गर्ने आश्वासन दिए ।

पोखरामा आइतबार दिउँसो बाक्लो असिना परेको थियो । कतिपय ठाउँमा दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन । असिनापानीले पोखरामा यातायात सेवा नै प्रभावित बनेको थियो । गाडीहरु चल्न सकेनन् । मानिस ज्यान जोगाउन आश्रयस्थलतर्फ खोज्न हतारिएको पाइन्थ्यो । पोखराको महेन्द्रपुल, न्युरोड, चिप्लेढुंगा, बगर, अमरसिंहचोक, रानीपौवा, फूलबारी, नदीपुर क्षेत्रमा असिनाले पूरै सडक नै छोपिएको थियो । सडकको असिना हटाउन जेसिबी नै प्रयोग गर्नुपरेको थियो ।
पोखरा महानगर कृषि महाशाखा प्रमुख कडरियाले राज्यले कृषकलाई बिमा सुविधा दिएकोमा त्यसको सदुपयोग हुन नसकेको बताउँछन् । उनले यसप्रकारका क्षतिबाट पनि राहत लिन कृषकले बिमा गर्नुपर्ने सुझाउँछन् । केन्द्र सरकारले बिमाको प्रिमियमको ८० प्रतिशत र प्रदेश सरकारले बाँकी २० प्रतिशत व्यहोर्ने सुविधा हुँदाहुँदै पनि एजेन्ट कृषकसमक्ष नपुग्दा सचेत हुन नसकेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width