नव आदर्शको रक्तदानमा ४५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७८
raktadans

पोखरा । नव आदर्श सामुदायिक विकास संस्थाले आयोजना गरेको रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले रक्तदान गर्दै आएकोमा यसपटकको कार्यक्रम २२ औं भएको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।
कास्कीमा रगतको अभाव भइरहेको बेला नवआदर्श सामुदायिक विकास संस्था लामाचौर पोखराले गरेको रक्तदान कार्यक्रमबाट थप टेवा मिलेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।
आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पहिलो रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीलाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुभारम्भ गरे । क्षेत्रीले संस्थाको कार्यक्रममा १८ औं पटकको रक्तदान गरिसकेका छन् भने पूर्व अध्यक्ष नवीन अधिकारीले संस्थामा २१ पटक रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा सह आयोजकमा युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कूल, जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि लामाचौर र एलसी ब्रदर्श र ह्याप्पी क्लब पश्चिमाञ्चल क्याम्पसको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव थिरबहादुर थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width