परोपकार सर्वेश्वर नारी समूहको नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७८
paropkar margas

पोखरा । पोखरा–४ गैरापाटनस्थित परोपकार सर्वेश्वर नारी समूहको १३ औं अधिवेशन तथा २६ औं साधारण सभा शनिबार भएको छ । सभाले मिनु कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन ग¥यो । समितिको उपाध्यक्ष रुकु कोइराला, सचिव इनु कोइराला, कोषाध्यक्ष रचना कोइराला, सह–सचिवा रञ्जिता कोइराला र सह–कोषाध्यक्षमा सुमित्रा कोइराला छन् ।
सदस्यहरु सविता कोइराला, माया कोइराला, इन्दिरा कोइराला, कृष्णा थापा, अप्सरा कोइराला, भीमा कोइराला, मनु गोदार, निशु कोइराला र कल्पना अधिकारी छन् ।
संस्थाका ज्येष्ठ सदस्य मनकुमारी कोइराला सभाको उद्घाटन गरेकी थिइन् । त्यस अवसरमा संस्थापक अध्यक्ष जानकीदेवी कोइराला, निवर्तमान अध्यक्ष भगवती (लला) कोइराला, पूर्व अध्यक्षहरु गोमा गोदार, पवित्रा अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका अध्यक्ष शकुन्तला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीनु कोइरालाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव इनु कोइरालाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width