फागुन २६ देखि लेखनाथ महोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७८
Lekhnath chamber of commerce

लेखनाथ । कोरोनाको जोखिम बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव फागुन २६ गतेदेखि सुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई सुचारु गर्ने निर्णय गरेको हो ।
‘लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मुल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । यसअघि संघले माघ १३ देखि २४ गतेसम्म महोत्सव गर्ने निर्णय गरेकोमा कोभिड १९ को जोखिम बढेपछि स्थगित गरेको थियो ।
लेखनाथ लगायत आसपासको कृषि, पर्यटन, सामाजिक, आर्थिक, सांस्कृतिक उत्थानका लागि अग्रणी भूमिका खेल्दै आएको संघले यसपटक पनि महोत्सवका माध्यमबाट थप सहयोग पुग्ने विश्वास लिएको छ । यसअघिका महोत्सव जस्तै १७ औं संस्करणको महोत्सव पनि सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गरेको आत्रेयले बताए ।
उनले मुख्य प्रायोजक, विशिष्ट प्रायोजक, सह˗प्रायोजक, प्रवद्र्धक, विभिन्न सहयोगी संघ संस्था, मिडिया पार्टनर, प्रवद्र्धक, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, इलाका प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय लेखनाथ, विभिन्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न सञ्चार माध्यम, पत्रकार लगायत आम जनसमुदायबाट साथ र सहयोग प्राप्त हुने विश्वास लिएको समेत बताए ।
अध्यक्ष आत्रेयले आइतबारबाटै महोत्सवसँग सम्वन्धित सवैकामलाई दु्रत गतिमा अघि बढाइनेसमेत बताए । स्टल बुकिङ, प्रचारप्रसारलगायत कार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न संघसंस्था र सरोकारवालाहरुसँग समन्वय गरिएको महासचिव उपेन्द्र सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width