गण्डकी बहुप्राविधिक शिक्षालयको बन्ने भयो आफ्नै भवन

११ करोड ४२ लाख लागत, आउँदो वर्षको फागुन मसान्तमा सक्ने लक्ष्य

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७८
Gandaki tech scl

पोखरा । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । भवन ४० हजार ४ सय ९२ स्क्वायर फिटमा फैलिने छ । संघ सरकारको विशेष अनुदान र पोखरा महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।

शिक्षालयको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको अध्यापन कार्यक्रम हाल पोखरा २९ कै जनप्रकाश माविको भवनबाट सञ्चालित छ ।

उक्त कार्यक्रममा भर्ना भई अध्ययनरत विद्यार्थीले सर्टिफिकेट लिँदा नलिँदै आफ्नै सुविधायुक्त नयाँ भवन पाउने संघीय सांसद एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले बताए । ‘तिव्र गतिका साथ शिक्षालयको भवन निर्माण हुने हाम्रो विश्वास छ,’ उनले भने, ‘बाटो, पुलपुलेसा भन्दा पनि देशलाई कायापलट गर्न गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण विषय हो ।’ प्राविधिक शिक्षामा अगुवाई गर्ने पोखरा महानगर, कार्यपालिकाका सदस्यहरु, स्थानीय र सरोकारवालाहरुलाई पूर्वमन्त्री अधिकारीले आभार एवं बधाई व्यक्त गरे ।

प्राविधिक शिक्षालयबाट अधिकतम फाइदा लिन मेयर मानबहादुर जिसीले स्थानीयलाई आग्रह गरे । ‘शिक्षालयबाट दक्ष प्राविधिक उत्पादन हुने विश्वास लिएको छु । उत्पादित जनशक्तिले गरेका कामहरु प्राविधिकरुपमा उत्कृष्ट हुनेछन्’ उनले भने, ‘भवन निर्माण समयमै सुरु भई सम्झौता अवधि भित्रै सम्पन्न हुनेछ ।’

प्रदेश सांसद दीपक कोइरालाले आजको आवश्यकता प्राविधिक शिक्षा भएकोले गर्दा पोखरा महानगरजस्तै अन्य पालिकाहरुले समेत प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

महानगरको सोचलाई समुदायस्तरसम्म पु¥याई सफल बनाउन शिक्षालयले योजनालाई मूर्तरुप दिन लागिपरेको निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । ‘स्थानीय आवश्यकता अनुसारको प्रविधिको खोज अनुसन्धान र विकासद्वारा महानगरको दीगो विकास, व्यवस्थित सहरीकरण र नगर समृद्धिको सपनालाई साकार पार्न आवश्यक दक्ष जनशक्ति शिक्षालयले उत्पादन गर्ने छ,’ उनले भने ।

मूलतः विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तिकरण गर्दै रोजगार मूलक स्वरोजगार र उद्यमशिलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने तिमिल्सिना बताउँछन् ।

पोखरामा पहिलोपटक पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पहिलो सत्रको अध्यापन कार्यक्रम जारी छ ।

तीनवर्षे कोर्सका लागि शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्ति समेतको व्यवस्थामा अध्यापन भइरहेको हो । जसअनुसार शिक्षालयमा १० ओटा कोटा पूर्ण छात्रवृत्ति, ६ ओटा कोटा सहुलियत र ३२ ओटा कोटा खुलातर्फका रहेका छन् ।

महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को साझेदारीमा तत्कालका लागि जनप्रकाश माविबाट शैक्षिक कार्यक्रम अघि बढाएको थियो । यस वर्ष दुई प्राविधिक विषयको अध्यापन शुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्पmका डिप्लोमा इन जियोमेटिक इन्जिनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width