गण्डकी सरकारको आफ्नै आविष्कार केन्द्र

धनबहादुर गुरुङ
फागुन ६, २०७८
Innovation Center News~

पोखरा । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएपछि प्रदेशमा विश्वविद्यालय खुल्ने निश्चित भयो । २०७६ असोज २७ मा प्रदेश राजपत्रमा ऐन प्रकाशित हालसम्म सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने परम्परा तोड्यो ।
उच्चशिक्षा क्षेत्र राजनीतिमुक्त बनाउने लक्ष्यसहित प्राध्यापकमध्येबाटै कुलपति बनाउने ऐनमै व्यवस्था भएअनुसार प्राडा गणेशमान गुरुङ सोही वर्षको फागुन ४ मा कुलपति नियुक्त भए । कुलपति नियुक्त गरी विभिन्न मितिमा उपकुलपति, डिन तथा रजिष्टार नियुक्त गरिसकेर जग्गा प्राप्तिपछि २०८७ बैशाख १४ मा पोखरा ३२, ज्ञानकुञ्जमा विश्वविद्यालयका भवन शिलान्यास गरेर काम अघि बढायो ।
स्थापनाकालदेखि नै अध्ययन, अनुसन्धान र पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धान तर्फ कोदो रक्सीको ब्रान्डिङ गरिहेको छ । अध्यनअन्तर्गत भण्डारढिकमा स्पोर्टस् म्यानेज्मेन्ट, पोखरा ३२ मा फार्मेसी र महेन्द्रपुलमा आइटी पढाइरहेको छ । आविष्कारका लागि भवन तयार गरी बुधबार उद्घाटन गरिएको छ । विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गरेका हुन् ।
आविष्कार केन्द्रको भवन बनाउन विश्वविद्यालयलाई निकै समय लाग्यो । ऐनमा आविष्कारलाई पनि समेटेपछि कार्यान्वयनमा ल्याउन कुलपति प्राडा गुरुङको टोलीले धेरै ठाउँमा भ्रमण, अध्यन तथा सल्लाह गर्‍यो । त्यसै क्रममा उनीहरुले राष्ट्रिय आविष्कारलाई प्राथमिकतामा राखे । जसका लागि टिम काठमाडौं हानियो र भेट भयो, अविष्कार केन्द्रका संचालक डा. महावीर पुनसँग । उनीसँग टिमको भेट भएपछि कसरी अगाडि बढ्ने अनि के के गर्ने भन्ने विषयमा छलफल भयो । डा. पुन गण्डकी प्रदेशकै भएकाले आफ्नो प्रदेशमा आविष्कार केन्द्र खोल्ने विषयमा साथ र सहयोग रहने आश्वासन दिए । त्यसपछि ढुक्क भएर पोखरा फर्केको टोलीले प्रक्रिया अघि बढायो ।

आविष्कार अर्को महिना संचालनमा आउने

भवन निर्माणका लागि डा. पुनले दिएको सल्लाह र उनैले पठाएका प्राविधिक अगुवाइमा भवनको कन्सेप्ट तयार गर्‍यो । त्यसलगत्तै भवन निर्माणका लागि २०७८ जेठ २५ गते ककनी निर्माण कम्पनीसँग सम्झौता गर्‍यो । कुल ८ करोड ५८ लाख रुपैयाँ लागत रहेको भवन निर्माण कम्पनीले असारको पहिलो हप्तादेखि काम सुरु गर्‍यो । निर्माण कम्पनीले ६ महिनामै भवनको काम सकी विश्वविद्यालयलाई हस्तान्तर गर्‍यो । अहिले मेसिनरी सामान राख्ने काम चलिरहेको छ । विश्वविद्यालयले अहिले करोडभन्दा बढीको लेथ, सिएनसी, पाइप बेन्डर लगायत मेसिन ल्याएको कुलपति प्राडा गुरुङले जानकारी दिए ।
आविष्कार केन्द्रमा आएका सामान प्रयोग गर्न मेकानिकल इन्जिनियरको आवश्यक भएकाले विज्ञापन पनि खुलाउँदैछ । केन्द्र सञ्चालनका लागि केन्द्रसँग सहकार्यका लागि सम्झौता तयार गर्ने तयारीमा रहेको कुलपति प्राडा गुरुङले जानकारी दिए । ‘डा. महावीर पुन यहाँ आएर भ्रमण गरिसक्नुभएको छ, सहकार्यका लागि हुन्छ पनि भनिसक्नुभएको छ,’ उनले भने, ‘सम्झौताको ड्राफ्ट हामी तयार गरिसकेका छौं, उहाँलाई फुर्सद भएको समयमा त्यो सम्झौता हुन्छ ।’
केन्द्रले विषेशगरी कृषि, रोवोटिक, मेसिनरी, खाद्यान्न र आइटी सफ्टवयरका सामान उत्पादनमा जोड दिएको छ । ‘यसले मेडिकलतर्फका समान उत्पादन गर्न सक्छ, तत्कालमा किसानका लागि आवश्यक कृषि औजार उत्पादन हुन सक्छ,’ उनले भने, ‘खाना पकाउने चुल्हो, कोदो चुट्ने मेसिन, जोत्ने खन्ने मेसिन, बन्चरो, हसियाँ, हथौडा लगायत सामान उत्पादन गर्न सक्छौ ।’ कर्मचारी पदपूर्ति भएपछि अबको १ महिनामा आविष्कार केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको उनले जानकारी दिए । उत्पादनको प्राथमिकतामा धेरै बस्तुहरु रहे पनि अहिले ह्याचिङ मेसिन, दुनाटपरी बनाउने मेसिन, धान, कोदो काट्ने मेसिन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आविष्कार केन्द्र संचालनका लागि मेकानिकल इन्जिनियर २ जना, मेकानिकल ओभरसियर ४ जना र दक्ष अपरेटर ५ जना आवश्यक पर्ने विश्वविद्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width