सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७८
mcc ktm

पोखरा । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी बिहीबारको बैठक स्थगित भएको हो ।
राजनीतिक दलको विवादको भुँमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसिसीबारे निर्णय लिन गठबन्धनको बैठक बसेको थियो । शुक्रबार बस्ने संसद बैठकमा एमसिसी पेस गर्ने प्रधानमन्त्रीको तयार थियो । तर, अन्तिम निर्णय गर्ने भनेर बोलाइएको बैठक फेरि बस्ने गरी सकिएपछि एमसिसी शुक्रबारको संसद बैठकमा पेश हुने सम्भावना न्युन भएको छ ।
बिहीबार साँझको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्री देउवाले जसरी पनि संसद्मा एमसिसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको थियो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधवार भएको छलफलपछि बिहीवारका लागि गठबन्धनको बैठक राखिएको थियो ।
गठबन्धनको बैठकअघि प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच एमसिसीबारे छलफल भएको थियो । माओवादी र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पास नगर्ने अडानमा छन् । जसपा नेता एवं संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ समेत सहभागी बैठकपछि दाहालले गठबन्धन जोगाउन प्रयत्न गर्ने बताएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width