पोखराका अधिवक्ता कमल अर्याल पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७८
kamal aryal

पोखरा । पोखरामा क्रियाशील कानुन व्यवसायी कमल अर्याल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको आदेश लिएर मंगलबार उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

ठगी आरोपमा परेको उजुरीका आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिले गरेको भैंसी चोरी सम्बन्धी मुद्दा न्यायाधीशलाई खुसी पारेर मिलाइदिने भन्दै पक्षबाट रकम लिएको आरोप उनीमाथि छ । अधिवक्ता अर्याल पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार समेत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग