पोखरा । नेवाः खल लामाचौरद्वारा पोखरा – १९, लामाचौर मोहरपानी हाडे सामुदायिक वनले उपलब्ध गराएको जग्गामा भीमसेन मन्दिर निर्माण गरिएको छ । पोखरा १९ को कार्यालय, गुठीयार साथै विभिन्न अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण सम्पन्न भएको हो । नेवाः पुरोहित लालप्रसाद प्रधानद्वारा प्राण प्रतिष्ठा गरिएको भीमसेन देवताको मूर्ति नेवाः देय दवुका केन्द्रीय सदस्य टोखा न.पा २ निवासी सत्यनारायण डंगोल साथै माइला डंगोल, गणेशमान श्रेष्ठ , रामकाजी डंगोलले सहयोग गरेका थिए । त्यसैगरी गणेश देवताको मूर्ति नेवाः देय दवु कास्कीका सदस्य कृष्णमान ठुसाजुले सहयोग गरेका थिए ।
नेवाः खल लामाचौरका अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको मूर्ति प्राण प्रतिष्ठा तथा गुठी पुजा कार्यक्रममा नेवाः देय दवुका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले लामाचौर नेवाः खलले धर्म र संस्कृति जगेर्ना हुने कामको प्रशंसा गरेका थिए । उनले जात, धर्म र संस्कृतिको जगेर्ना र संरक्षणमा आफूहरु पूर्व मेचीदेखि पश्चिम महाकाली पुगेको र यस महान कार्यमा निरन्तर लागिरहने बताए ।
नेवाः खल लामाचौरका उपाध्यक्ष बलबहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेवाः देय दवुका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, केन्द्रीय सदस्य देवेन्दकुमार श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव विष्णु ख्वाउजु, नेवाः खलका कास्कीका अध्यक्ष अशोक पालिखे, चितवन नेवाः खल अध्यक्ष हरि कुमार श्रेष्ठ, नेवाः देय दवु कास्की अध्यक्ष अष्टमान प्रधाना.ग, सदस्य तथा समाजसेवी कृष्णमान ठुसाजु लगायतले बोलेका थिए ।
नेवाः खल लामाचौरका अध्यक्ष रामप्रसाद श्रेष्ठले हालै सम्पन्न भीमसेन मन्दिर सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुको आस्थाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१