प्रथम सहिद लखनको १४५ औं स्मृति दिवस

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७८
Lakhan dibas photo

पोखरा । नेपालका प्रथम सहिद लखन थापामगरको १४५ औं स्मृति दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मनाइएको छ ।
सोमबार नेपाल मगर संघ, कास्कीको आयोजनामा लखन स्मृति दिवस मनाइएको हो । स्मृति दिवसका अवसरमा पोखराको पृथ्वीचोकमा रहेको प्रथम सहिद लखनको सालिकमा माल्यार्पण र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी प्रथम सदिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगरले लखनलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासो गरे । थापाले शहादत प्राप्त गरेको दिनलाई सहिद दिवसका रुपमा मनाइनुपर्ने बताउँदै उनले प्रथम सहिदको सम्झना मगर समुदायले मात्र गर्नुपर्ने अवस्था रहनु विडम्बना भएको बताए । नेपाली जनताको ठूलो दबाबका कारण राज्यले प्रथम सहिद घोषणा गर्न बाध्य भए पनि प्रथम सहिदप्रति राज्यले अझै विभेदको व्यवहार गरेको सल्लाहकार काउछामगरको भनाइ थियो ।
नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले पोखरा महानगरपालिकाकै सहयोगमा थापाको सालिक लखनचोकमा राखिएको बताउँदै शालिकको संरक्षणका लागि महानगर र स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । त्यस्तै, सचिव रामबहादुर थापामगरले थापाले कुनै जाति विशेषका लागि नभई नेपाली जनताको लोकतान्त्रिक अधिकारका लागि प्राणको आहुति दिएको बताउँदै सहिदको बलिदानीको राज्यले सम्मान गर्नुपर्ने धारणा राखे ।
स्मृति सभामा नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर, सह–सचिव लालबहादुर रानामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, समाजसेवी रामु गिरीलगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width