६५ अर्बको इन्धन आयात

रासस
फागुन २, २०७८
petrol

काठमाडौं । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख ७ हजार ६ सय ९० लिटर इन्धन बढी आयात भएको हो ।
पेट्रोलियम पदार्थअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको ६ महिनामा वीरगन्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको ७ लाख ८ सय ३५ लिटर इन्धन आयात भएको तुलनामा चालु आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख ८ हजार ५ सय २५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाइ इन्धन आयात भएको छ ।
यो समीक्षा अवधिको तुलनामा १ सय ५ प्रतिशत बढी मूल्यको १ सय ४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना संक्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालु आवको पहिलो ६ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमीत गुप्ताले जानकारी दिए ।
उनले गत आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन ३ हजार २ सय ८८ प्रतिशत, खाना पकाउने ग्यास १५ प्रतिशत बढी आयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताए ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगन्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाखको ५ लाख ४ हजार ४ सय १७ केल डिजल, ७ अर्ब ४८ करोड २१ लाखको १ लाख ६४ हजार १ सय ६६ केल पेट्रोल, १ अर्ब ५ करोड ९८ लाखको २६ हजार १ सय १२ केल हवाइ इन्धन र २४ करोड ६६ लाखको ६ हजार १ सय ४० केल मट्टितेल आयात भएको थियो ।
चालु आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाखको ६ लाख १४ हजार ३ सय ४८ केल डिजल, १६ अर्ब १२ करोड ९ लाखको २ लाख ५ हजार २ सय ५२ केल पेट्रोल,४ अर्ब ४३ करोड २३ लाखको ८ लाख ८४ हजार ७ सय ६४ केल हवाई इन्धन र ३४ करोड ३७ लाखको ४ हजार १ सय ६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।
उनले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख राजस्व संकलन भएको थियो भने चालु आवको ६ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख संकलन भएको बताए । त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपी ग्यासको आयात १५ प्रतिशत बढी भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ अर्ब ४९ करोड ४८ लाख मूल्यको १ लाख १९ हजार ७ सय मेट्रिक टन आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाखको १ लाख ३७ हजार ३ सय ७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width