प्राधिकरणसँगै छैन नयाँ ग्राहकलाई मिटरबक्स

श्रीभद्र पौडेल
फागुन १, २०७८
bijuli box shrebhadras

हेमजा । माछापुच्छ्रे ५ का सेते परियारले नयाँ घर बनाएको २ महिना बढी भयो । उक्त घरमा बिजुली बत्ती जोडी उज्यालो बनाएर परिवारसँग बस्ने उनको धोको छ । धोको पूरा गर्नकै लागि पुस यता उनी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा वितरण केन्द्र मालेपाटनमा धाउँदै आएका छन् । परियारले पुसको सुरुआतमै निवेदन दर्ता पनि गराए । सुरुमा उनलाई केही दिनको अन्तरालमा मिटर आउँछ भनेर पठाइयो । त्यस अनुसार नै उनी वितरण केन्द्र पुगे तर परियारले मिटरबक्स पाएनन् । वितरण केन्द्र पुग्ने काम सोही महिना(पुस) मै उनले २, ३ पटकसम्म गरे । त्यसपछि मात्रै उनलाई भनियो,‘नयाँ मिटरबक्स आएको छैन, पुरानो सकियो ।’
परियार अहिले पनि अन्य काम विशेषले पोखरा झर्दासमेत वितरण केन्द्र पुग्ने गरेका छन् । मिटरको खोजीमा २ महिना बितिसक्यो, मिटर त मेरा लागि आकाशको फल आँखा तरी मर भने जस्तो हुन्छ कि क्या हो ! भन्दै बिहीबार उनले केन्द्रका कर्मचारीसँग गुनासो पोख्दै थिए ।
त्यस्तै अन्नपूर्ण–८, दाङसिङ चिम्रोङका विकास राम्जाली मगरको गाउँमा पनि थ्री फेजको लाइन पुगेको ३, ४ महिना भयो । बिजुली पुगेसँगै गाउँलेको सुविधा साथै परिवारको जीविकोपार्जनका लागि उनले राइस मिल खोल्ने निर्णय गरे । जसअनुसार अन्य प्रबन्ध पनि मिलाए । मिटरका लागि पोखरा वितरण केन्द्र पुगे । उक्त कार्यका लागि मगरले कुल २७ हजार ३ सय ८५ शुल्कसमेत बुझाइसके ।
वितरण केन्द्र पुगेको पनि करिब हप्ता दिन बढी हुन लाग्यो । कहिले सिस्टमले काम त्यतीका मात्रामा पैसा बुझाइ सकेर धाउँदा पनि समयमै मिटरवक्स पाइन्छ भन्नेमा उनी समेत विश्वश्त छैनन् ।आइतवार आउनु भनेका छन् एक पटक पुग्नुपर्ला, अस्ती पनि विभिन्न बहाना बनाएर गरेन भनेर फर्काइदिए । ‘कहिले सिस्टमका गरेन भन्छन्, कहिले के भन्छन्, अब आइतबार पनि पुग्छु फेसिर के बहाना बनाउने हुन्,’ उनी भन्दै थिए ।
परियार र मगर त प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरुजस्तै साउन यता नयाँ ग्राहक बन्न खोजेका यस क्षेत्रका करिब १ हजार ५ सय बढी घरधनीले नयाँ मिटर (सिग्गल फेज) पाउन सकेका छैनन् ।
मंसिर मसान्तसम्म त पुराना केही मिटरले काम चलाएका थियौं । मंसिर अन्त्यसँगै पुराना पनि सकिए । नयाँ आएका छैनन् । नयाँ ग्राहकका लागि निवेदनको चाङ नै लागिसक्यो मालेपाटन केन्द्र प्रमुख ई. ऋषिकुमार बरनवालले भने ।
केन्द्रले साउनदेखि यता मंसिरसम्ममा करिब १ हजार बढी पुराना मिटरबक्स नयाँ ग्राहकको घरमा जोडेर काम चलाएको छ । अझै पनि पुरानो मिटर कसले देला भनेर आशा मान्नुपर्ने परिस्थति केन्द्रसँग छ । पोखरा जस्तै देशभर मिटरको समस्या रहेको पनि केन्द्रले जनाएको छ ।

नयाँ मिटर बक्सका लागि करिब १ हजार ५ सय बढी घरधनीले नयाँ मिटर (सिग्गल फेज) पाउन सकेका छैनन्

प्रमुख बरनवालले केन्द्रीय जिन्सी व्यवस्थापन विभागमार्फत मिटरका लागि टेन्डर आह्वान हुने गरेको र त्यो अत्यन्तै लामो तथा झन्झटिलो रहेको पनि सुनाए । ग्राहकले घरमा बत्ती जोड्छौंं भनेर महिनौं अघि देखि निवेदन दिँदासमेत मिटर दिन नसक्नु दुखद् पक्ष भए पनि आफूहरुको त्यसमा कुनै हात नरहेको बरनवालले स्पष्ट पारे ।
केन्द्रमा नयाँ मिटरको अत्यधिक माग छ, जनसंख्या वृद्घिसँगै पोखरालगायतका क्षेत्रमा घरहरु निर्माण हुने क्रमसमेत तीव्र छ, नियमित अवस्थामा जुन अनुपातमा मिटर आउँछ, त्यसले धान्न सक्ने अवस्था समेत नरहेको केन्द्र प्रमुख बरनवालले सुनाए । ‘अबको २, ३ हप्तामा थोरै परिमाणमा भए पनि मिटर व्यवस्थापन हुनेजस्तो छ,’ उनले भने ।
मिटरका अलवा हाल लोडसेडिङ नभएको भनिए पनि पोखरा वितरण केन्द्रका ग्राहकले बेलुकी समयमा बिजुली झ्याम्प झ्याम्प जाने समस्या पनि भोग्दै आएका छन् ।
उक्त समस्या समाधानका लागि पुसदेखि माघको बीचमा पोखरा क्षेत्रमा कुल २३ वटा ट्रान्सफर्मर थप गरिएको छ । ट्रान्सफर्मर थप गर्दा कतिपय स्थानीयले आफ्नो घर अगाडि परेको भन्दै विरोध गरेको र विरोधका बीच पनि ट्रान्सफर्मर थपिएको केन्द्रले भनेको छ । चिसोका कारण बेलुकी समयमा बिजुलीको खपत अत्यधिक हुनाले समस्या आएको केन्द्रको ठहर छ ।
पोखरा वितरण केन्द्रअन्र्तगत पोखराका १ देखि २५ र ३३ गरी जम्मा २६ वटा वडा त्यस्तै अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका सबै तथा मादीको ६ र ७ नं. वडा पर्दछन् । ती वडामा करिब ९१ हजार बिजुलीका ग्राहक छन् । जिल्लाका अन्य बाँकी वडालाई लेखनाथ वितरण केन्द्रले सेवा दिँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width