पिपिएलए अध्यक्षमा जनकल्याण पराजुली

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
pple

पोखरा । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) कास्की अध्यक्षमा अधिवक्ता जनकल्याण पराजुली निर्वाचित भएका छन् । पोखरामा शनिबार भएको चौथो अधिवेशनले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षमा भगवती पहारी, सचिव मदनप्रसाद तिवारी, महिला सचिव भुवन पराजुली, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ छन् । सदस्यमा विष्णुप्रसाद अधिकारी, उमकान्त पौडेल, शंकर सैंजु, ईश्वर परियार, दीपा कोइराला, सुरेन्द्र श्रेष्ठ, योगेन्द्रबहादुर केसी, पुष्पप्रसाद पराजुली, रामचन्द्र सुवेदी र मेघमणि पौडेल चयन भए ।
समितिको कार्यकाल २ वर्षको हुनेछ । अधिवेशनले १९ सदस्यीय केन्द्रीय प्रतिनिधिसमेत चयन गरेको छ । प्रमुख अतिथि वरिष्ठ अधिवक्ता हरि सुवेदीले अधिवेशन उदघाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width