सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

रासस
माघ २९, २०७८

दमक । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार हुनुभएको खुलासा बाहिरिएको हो ।

उहाँ गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताउनुभयो । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उहाँ सम्पर्कविहीन हुनुभएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक–५ का राजु गौतमको रु चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको रु १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको रु दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको रु दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको रु छ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताउनुभयो । सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पु र्‍याइदिन अपिल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width