विद्यालय नाटक महोत्सव तय

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
drama~

पोखरा । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूलमन्त्रका साथ दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव फागुन १३ देखि हुने भएको छ । कोरोनाको तेस्रो भेरियन्टका कारण यसअघि निर्धारित मिति पर सरेको थियो ।
आयोजक पोखरा थिएटरले फागुन १३ देखि १६ सम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चनको तय गरेको छ ।
महोत्सवमा गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार दैनिक ३ नाटकका दरले ४ दिनसम्म नाटक मञ्चन गरिनेछ ।
वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समितिले नाटक छनोट गरेको हो । सदस्यमा निर्देशक एवं कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन थिए । छनोट प्रक्रियामा उनीहरुले सम्बन्धित ठाउँको अवलोकनसमेत गरेका थिए ।
महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका छन् ।
गएको वर्षदेखि पोखरा थिएटरले प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजना सुरुआत गरेको हो । त्यसअघि पोखरा महानगरस्तरीय नाटक महोत्सव हुन्थ्यो ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width