धर्म संस्कृति संरक्षणले राष्ट्र बचाउँछ : मन्त्री खड्का

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
book bimochan

पोखरा । आचार्य मानतुङ्गबाट रचित संस्कृत भाषामा रहेको सुप्रसिद्ध ‘भक्तामर–स्तोत्र’ अब नेपाली भाषामा पनि उपलब्ध भएको छ । डा. नारायणप्रसाद अधिकारीबाट अनुवाद भएको उक्त पुस्तक शुक्रबार पोखरामा लोकर्पण भयो ।
पुस्तक लोकार्पण गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले भने, ‘धर्म संस्कृति संरक्षणका कार्यले राष्ट्र पनि बचाउँछ ।’
‘डा.अधिकारीलाई सरस्वती आशीर्वाद प्राप्त छ,’ उनले भने, ‘उहाँबाट हामीले धेरै उपयोगी पुस्तक पढ्न पाइरहेका छौं ।’
‘गण्डकी रत्न’ छनोट प्रक्रियाबारे स्पष्ट पार्दै मन्त्री खड्काले निवेदन आधारमा मात्र नभै प्राप्त प्रस्ताव र छनोट समितिले पनि उपयुक्त पात्र चयन गर्न सक्ने बताए ।
सोही कार्यक्रमबीच मन्त्री खड्काले पत्रकार रवीन्द्र माकाजूको ‘पोखरामा शालिक’ पुस्तकको पनि विमोचन गरेका थिए ।
आशीर्वचन प्रदान गर्दै डा.मणिभद्र मुनि महाराजले भक्तिभावले भरिएको ‘भक्तामर–स्तोत्र’ जस्तो महत्वपूर्ण कृति अनुवाद गरेर डा.अधिकारीबाट नेपाली भाषीलाई ठूलो उपकार भएको बताए । कोही व्यक्तिका असल कार्यले समाजलाई पनि फाइदा पुर्‍याउने उल्लेख गर्दै डा. मणिभद्रले डा.अधिकारीको अध्यक्षतामा जैन श्रमण संघ नेपाल गठन भएकोमा खुसी व्यक्त गरे ।
मानव मिलन संस्था पोखराका सल्लाहकार कृष्णप्रसाद बास्तोलाले डा. अधिकारीबाट विभिन्न कृतिमार्फत पूर्वीय दर्शनलाई उजागर गर्ने कार्य भइरहेको बताए ।
पोखरा–३ का वडाध्यक्ष रविन्सन प्रजुले जैन स्थानक भवनमा हुने आध्यात्मिक कार्यक्रमबाट समाजलाई ठूलो लाभ भएको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्की संघ कास्कीका अध्यक्ष असफल गौतमले कोही विद्वत वर्गले ‘पदक’ का लागि निवेदन नहाल्ने उल्लेख गर्दै भने, ‘समाजबाट प्राप्त सम्मान नै सच्चा सम्मान हो ।’
अध्यक्षको आसनबाट बोल्दै जैन श्रमण संघ नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले ‘भक्तामर–स्तोत्र’ मा भएको गहिरो भक्तिभावबाट आपूm आकर्षित भएको बताए । साथै उनले यो स्त्तोत्रको नियमित पाठबाट धेरै मानिस रोगबाट मुक्त भएको सुनेको र आपूmले पनि अनुभव गरेको बताए । संघका उपाध्यक्ष मातृकाप्रसाद बस्ताकोटीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन मानव मिलन अन्तर्राष्ट्रिय महिला विभागकी सचिव सावित्री शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width