पोखरा २४ मा एमाले टोल कमिटी गठन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७८
cpn pkr 24~

पोखरा । नेकपा (एमाले) पोखरा २४ मा टोल कमिटी गठन गरिएको छ । वडाका ेराउसेओडार गिरी गाउँ, थापागाउँ टोल कमिटी अध्यक्षमा चन्दन पुरी, पाटेस्वारा छिपछिपेपानी टोल कमिटी अध्यक्षमा नवीन त्रिपाठी चयन भए ।
साविक कास्कीकोट वडा ६ टोल कमिटीमा राज विश्वकर्मा, मौला टोल कमिटी अध्यक्षमा टीकाराम त्रिपाठी चयन भए । राउसे ओडार गिरी गाउँ, थापा गाउँमा एमाले जिल्ला कमिटी सदस्य एवं वडा अध्यक्ष ओम सुवेदी, जिल्ला कमिटी सदस्य एकराज गिरी, महागनर कमिटी सदस्य, अग्निधर त्रिपाठी, एमाले वडा कमिटी उपाध्यक्ष लोकराज गिरी, सल्लाहकार कमिटी सदस्य धर्म गिरी, महानगर युवा परिषद सदस्य प्रकाश गिरी लगायतले बोलेका थिए ।
त्यस्तै, प्रदेश कमिटी सदस्य टंकप्रसाद सुवेदी, जिल्ला कमिटी सदस्य विवेक त्रिपाठी, संगीता सुवेदी, महानगर सदस्य मनहरी त्रिपाठी, एमाले वडा कमिटी अध्यक्ष शिवप्रसाद सुवेदी लगायतले पोखरा २४ मा एमालेको विरासतलाई कायम राख्दै अबको स्थानीय तहको निर्वाचनमा विजयी गराउने गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
पार्टीले १० औं जिल्ला अधिवेशनपछि टोल कमिटी गठनलाई तीव्रता दिएको छ । एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि टोलदेखि केन्द्रसम्मका अधिवेशन विगत ८ वर्षदेखि नहुँदा चलायमान बन्न सकेका थिएनन् । सर्वोच्चको फैसालसँगै दुवै पार्टी पहिलेकै अवस्थामा फर्केपछि एमालेले आफ्नो केन्द्रीय, जिल्ला, पालिका र वडा कमिटीहरुको अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width