पोखरा जेसिजको सहयोग

आदर्श समाज सम्वाददाता
माघ २७, २०७८
jesissss

पोखरा । पोखरा जेसिजले पोखरा २४ कास्कीकोटकी आगलागी पीडित बिना थापालाई आर्थिक सहयोग गरेको छ । थापाको परिवारलाई निवासमै पुगेर पोखरा जेसिजले २५ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो । आगलागीबाट घर र पसल पूर्णरुपमा क्षति भएको थियो ।
पोखरा जेसिज वर्ष २०२२ का अध्यक्ष मीनराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्दप्रसाद देवकोटा, पोखरा जेसिज वर्ष २०२० का अध्यक्ष शिव प्रसाद सापकोटा लगायत थापाको घरमा पुगेका थिए ।
कार्यक्रम संयोजन सुदीप सापकोटाले गरेका थिए भने पोखरा जेसिजका महासचिव प्रकाश घिमिरेले गरेका थिए । पीडित थापा परिवारले दुखमा सहयोग गरेको भन्दै जेसिजलाई धन्यावाद दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width