कांग्रेस कास्की सभापतिका लागि ५ दाबेदार- हेर्नुहाेस अध्यक्षसहित सदस्यमा काे काे भिड्दैछन्

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७८
Main

पाेखरा ।नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । पार्टीभित्रै नेताहरुको गुटको छाँया देखिने गरी प्यानल बनेको छ । सभापति शेरबहादुर देउवा प्यानलबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार बढी छन् । आईबहादुर गुरुङ र पोषनाथ शर्मा पौडेल निकट हुन् । सुदिपमोहन भट्टराई कृष्ण सिटौला निकट मानिन्छन् । अर्का सभापतिका उम्मेदवार गिरीराज गौतम पनि पौडेल समूहकै हुन् । गौतम जितका लागि भन्दा भट्टराईलाई पराजीत गर्ने गरी उठेको देखिन्छ ।

उनीहरु दुवैजनाको क्षेत्र एकैतिर पर्ने र लामो समयदेखि भट्टराईको कामप्रति असन्तुष्टी जनाउँदै आएका गौतम जिल्लामा पुर्वमन्त्री यज्ञबहादुर थापा नजिक छन् । उता, शर्माको उम्मेदवारीले गुरुङलाई जित्न गाह्रो पर्ने देखिन्छ । उनीहरु यसअघि एकै खेमामा थिए । सभापतिमा उम्मेदवारी दिएका गुरुङ हालका उपसभापति (मनोनित), शर्मा क्षेत्रीय सभापति, भट्टराई जिल्ला सचिव हुन् भने बराल केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य र गौतम महासमिति सदस्य हुन् ।

जिल्ला उपसभापतिका लागि ९, सचिवका लागि ९ र सहसचिवका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए । उपाध्यक्षमा कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, प्रज्वल रन्जित, विजयराज भण्डारी, युवराज कुवँर, रामबाबु भण्डारी, रंगीला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् ।

सचिवमा अमृतकुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सीना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाको मनोनयन छ । सहसचिवमा कृष्णमान ठुसाजु, गणेबहादुर थापा, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगानाले उम्मेदवारी दिए । मतदान शुक्रबार हुनेछ ।

सदस्यहरुमा पोखरा महानगरबाट महिलामा विजयालक्ष्मी कोइराला, विष्णु कार्की र सीता शर्मा निर्विरोध भएका छन् । खुला सदस्यका लागि १८ जनाले उम्मेदवारी दिए । यसमा ४ जना निर्वाचित हुनेछन् । रुपा गाउँपालिकाबाट महिलामा २ र खुलामा २ जनाको उम्मेदवारी छ । दुवै पदमा १÷१ जना निर्वाचित हुनेछन् । मादीबाट महिलामा धनमाया गुरुङ निर्विरोध निर्वाचित भईन् भने खुलामा २ जनाको दावेदारी छ । अन्नपूर्णबाट महिलामा देवी गुरुङ र खुलामा विष्णु अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने माछापुच्छ«ेबाट महिलामा लक्ष्मी लम्साल निर्विरोध तथा खुलामा ३ जनाको उम्मेदवारी छ । जिल्ला कार्यसमितिको खस आर्य तर्फ महिलामा ज्योति कोइराला र तारा बराल निर्विरोध भएका छन् । २ जना निर्वाचित हुने खुला खस आर्यमा १३ जना प्रतिश्पर्धी छन् ।

आदिवासी जनजातिमा पनि महिलातर्फ तारादेवी गुरुङ र चन्द्रमाया गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने आदिवासीको खुलातर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो पदमा पनि २ जना मात्रै निर्वाचित हुने विधान छ । दलित कोटामा महिलातर्फ मिनाकुमारी परियार र खुलामा मनबहादुर लाम्गादे निर्विरोध भए । अपांग कोटामा अर्पण कोइराला र महाधिवेसन प्रतिनिधि अपांग कोटामा इशा बराल सर्वसम्मत भएका छन् । मधेशी, मुश्लिम, थारु खुला पदमा ३ र प्रदेश अधिवेसन प्रतिनिधि अपांग कोटामा २ जनाको दावेदारी छ । दुवै पदमा १÷१ जना निर्वाचित हुनेछन् । विहिबार भएको मनोनयनमा शुक्रबार मतदान हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width