साढे छ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात   

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
ayat niryat

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।

बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो ।

व्यापार घाटा पाँच खर्ब ६८ अर्ब

चालु आवको चार महिनामा रु पाँच खर्ब ६८ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा रु तीन खर्ब ६२ अर्ब २९ करोड बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ५६ दशमलव ८३ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।

यस्तै, चार महिनाले नेपालले रु सात खर्ब ३२ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले रु चार खर्ब ४२ अर्ब ६९ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५ दशमलव ४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

१३८ देशबाट आयात    

चार महिनाको अवधिमा १३८ देशबाट रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट रु तीन खर्ब ८५ अर्ब ९५ करोड ७० लाख बढीको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु ९४ अर्ब ३० करोड १४ लाख बराबरको आयात भएको छ ।

यस्तै, एक महिनाको अवधिमा भारतमा रु ६६ अर्ब ९४ करोड ३९ लाख र चीनमा रु ३१ करोड १२ लाख बराबरको निर्यात भएको छ ।

डिजेल धेरै आयात    

चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा रु ३४ अर्ब ३३ करोड २१ लाख बराबरको डिजेल आयात भएको हो । यस्तै, भटमासको कच्चा तेल रु २७ अर्ब २२ करोड ७१ लाख, २० अर्ब ३५ करोड ८६ लाख बराबरको मोबाइल, रु १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, रु १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र रु १७ अर्ब ६६ करोड ४० लाख बराबरको आइरन, स्टिल आयात भएको छ ।   रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width