स्याङ्जामा तुलसीराम र दिलीपप्रताप क्षेत्रीय सभापति, कावा सभापतिसहित पुराना नेताहरु पराजीत

भवानी अधिकारी
मंसिर ७, २०७८
nc syanhja

स्याङ्जा । नेपाली कांग्रेस अहिले महाधिवेशनमा होमिएको छ । स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन भइरहँदा चुनावी सरगर्मी समेत उस्तै बढेको छ । पार्टीको जिल्ला या केन्द्रको नेतृत्वमा आउन चाहनेहरु कोहीले सहजै चुनाव जितेका छन् भने कोहीले अप्रत्यातिस नतिजामा चित्त बुझाउन परेको छ ।

स्याङ्जामा यसपालि यस्तै नतिजा आएको छ । पार्टीका कार्यवाहक सभापति, सांसदसहित पुराना नेताहरु महाधिवेशन प्रतिनिधिमा आउन सकेनन् । महाधिवेशन प्रतिनिधिमा कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’, प्रतिनिधि सभाका सांसद मोहनप्रसाद पाण्डे, राष्ट्रिय सभाका पूर्वसदस्य एवं पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मी, पूर्वसांसद एवं सभापति शंकरप्रसाद पाण्डे, भोजराज अर्यालले पराजय भोग्नु परेको छ ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको निधन भएपछि कार्यवाहक सभापति बनेका कुमार जम्मा १४ मतले पराजित भएका छन् । पार्टीमा युवापुस्ताको वर्चश्व बढिरहँदा पुराना पुस्ताका त्यागी नेताहरुको पराजयले संगठनलाई कस्तो बनाउने हो हेर्न बाँकी नै छ ।

यसैबीच प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको निर्वाचनमा तुलसीराम रेग्मी र दिलीपप्रताप खाँण क्षेत्रीय सभापतिमा विजयी भएका छन् । २ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ मा रेग्मी र २ खाँण विजयी भएका हुन् ।
दुई समूहबीच भएको क्षेत्रीय समितिको प्रतिस्पर्धामा दुवैतर्फ आआफना प्यानलसहित विजयी भएका हुन । रेग्मीले ओमबहादुर भट्ट केसीलाई ३ सय १५ मतान्तरले जितेका छन् । सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मासहित सहसचिवमा धु्रव शर्मा र पशुपति पोखरेल विजयी भए ।

खाँणका प्रतिस्पर्धी धु्रव शर्मा पंगेनीलाई ४५९ मतान्तरले जितेका हुन । सचिवमा फणिनारायण रेग्मी (दीपक) र यादवप्रसाद पाण्डे (सुन्दर) सहित सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित भए ।

क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोविन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खडका, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ (विश्व) र श्रीराम उपाध्याय निर्वाचित भए ।
खस आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी, महिला खुल्लातर्फ देवी अर्याल, तारा मल्ल, बन्दना लम्साल, लेखमाया पौडेल र खस आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित भए ।
दलिततर्फ अमृत विक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसंख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित भए ।

यसैगरी, क्षेत्र नम्बर २ क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, विष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे विजयी भएका हुन् ।
खुल्ला महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती अर्याल, खगिसरा भण्डारी र खस आर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित भए ।

समावेशी जनजाति पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ विमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लिलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width