मुद्रण व्यवसायीहरु राइनासकोटमा

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
mudran corrected

पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अन्तक्र्रिया, सम्मान कार्यक्रम तथा बैठक लमजुङको राइनासकोटमा शनिबार सम्पन्न भयो ।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक त्रैमासिक बैठक ग्रामीण क्षेत्रमा गर्दै आएको उक्त संस्थाले यस पटक राइनासकोट सामुदायिक होमस्टेमा आयोजना गरेको हो । कार्यक्रममा ५२ जना मुद्रण व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारीहरुसमेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पुष्कल गौतमले कास्की शाखा र गण्डकी प्रदेश समितिको प्रशंसा गर्दै जुझारु सदस्यकै कारण संस्था मजबुत भएको बताए ।
इसेवा फोन पे प्रालिका गण्डकी प्रदेश प्रमुख विनोद बोहोराले मुद्रण व्यवसायीको क्रियाशीलता देखेर नै आफू सहयोग गर्न उत्साहित भएको बताए ।
प्रदेशका सल्लाहकार स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मुद्रण व्यवसायीको ग्रामीण पर्यटन प्रवद्र्धन कार्यले राज्यलाई सहयोग पुगेको उल्लेख गरे ।
मुद्रण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष महेन्द्र वजिमयको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्की शाखाका अध्यक्ष गिरबहादुर श्रेष्ठ ‘किरण’, पूर्व अध्यक्ष पदम श्रेष्ठले व्यवसायीका हकहितबारे प्रकाश पारेका थिए ।
कार्यक्रम संयोजक मनोहर दाहालले स्वागत गरेको कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष खगेन्द्र अर्यालले गरेका थिए । कार्यसमिति सदस्य राजन कुमालले राइनासकोटको बारेमा जानकारी दिएका थिए । कार्यक्रम सञ्चालन प्रदेश महासचिव वसन्त बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width