प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु

रासस
मंसिर ४, २०७८
murdercrimedead-321015958_6

फाइल फोटो

बझाङ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताउनुभयो । उहाँका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा गत कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए । जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width