कोरोनाले घट्यो कर असुली

धनबहादुर गुरुङ
मंसिर ३, २०७८
Tax Photo pokhara 1

पोखरा । विश्व महामारीको रुपमा फैलिएको कोरोनाले कर असुलीमा गिरावट आएको छ । आन्तरिक राजस्व कार्यालय कास्कीको तथ्यांक अनुसार कोरोनाको २ वर्षमा कर असुली घटेको हो ।
कार्यालयबाट कोरोनाको समयमा लक्ष्य भन्दा कम राजस्व उठेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ८२ करोड कर असुली गर्ने लक्ष्य राखिएकोमा ४ अर्ब ६७ करोड असुली भएको अधिकृत शर्माले जानकारी दिए । ‘कोरोनाले कर असुलीमा कमी भएकै हो, गएको आर्थिक वर्षमा ९७ प्रतिशत मात्र असुली भयो,’ उनले भने, ‘अझ आर्थिक वर्ष २०७६÷७७ मा ७२ प्रतिशत असुली भएको हो ।’ आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ६१ करोड संकलनको लक्ष्य राखिकोमा ४ अर्ब ३ करोड रकम जम्मा भएको थियो । कोरोनाको समयमा स्थायी लेखा नम्बर लिनको संख्या भने बढेको कर अधिकृत शर्माले जानकारी दिए । गएको आर्थिक वर्षमा ७ हजार ५ सय दर्ता गर्ने लक्ष्य लिएकोमा १२ हजार २ सय ६० दर्ता भएका थिए । यो संख्या निर्धारित लक्ष्या भन्दा ६३ प्रतिशतले बढि हो । आर्थिक वर्ष ११ हजार ५ सय ८४ जनाले नयाँ स्थायी लेखा नम्बर लिएका थिए ।

कोरोनाको समयमा स्थायी लेखा नम्बर लिनको संख्या भने बढेको छ

पछिल्लो समय कोरोनाको त्रास कम भएको अवस्थामा भने कर असुली रकम बढेको उनले सुनाए । ‘कोरोनाको डर कम हुदै गएको छ, यो आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी असुल गरिसकेका छौं,’ उनले भने, ‘यो ४ महिनामा २१ प्रतिशत बढी असुल भइसकेको छ ।’ आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब १५ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३९ करोड उठिसेकेको कर अधिकृत शर्माले जानकारी दिए । जसमध्ये आयकरबाट ९३ करोड ४८ लाख, मूल्य अभिवृद्धि करबाट ३८ करोड ४७ लाख र अन्त शुल्कबाट ७ करोड ८२ लाख असुल भएको उनले बताए । यही अवधिमा ४ हजार ९ सय १७ नयाँ करदाता दर्ता भएको हो । आन्तरिक राजस्व कार्यालयले यो वर्ष ४ हजार ९ सय २० नयाँ स्थायी लेखा नम्बर दिने लक्ष्य लिएको छ । यो आर्थिक वर्षमा कार्यालयले ५ अर्ब १० करोड असुल गर्ने लक्ष्य लिएको कर अधिकृत शर्माले जानकारी दिए । गएको वर्षहरुमा कोरोनाले कर असुलीमा गिरावट आए पनि यो वर्ष समयमै लक्ष्य भेट्ने उनको विश्वास छ । करदाता संख्याको आधारमा नेपालकै सबैभन्दा ठूलो कार्यालय भएको र कोरोनाले गतिविधि चलायमान भएकाले पनि समयमै लक्ष्य भेट्न सकिने उनको भनाइ थियो । आन्तरिक राजस्व कार्यालय पोखराले कास्की र स्याङ्जा हेर्ने गर्छ । कार्यालयले करदाताको सहजताको लागि स्याङ्जामा पनि कार्यालय स्थापना गरी सेवा दिइरहेको छ । कार्यालय मातहत रहनेगरी अहिलेसम्म १ लाख ७३ हजार १६ करदाता छन् ।

पोखरामा कर सप्ताह
आन्तरिक राजस्व कार्यालयको आयोजनामा पोखरामा दसौं राष्ट्रिय कर सप्ताह दिवस सुरू भएको छ । मंसिर १ गतेदेखि सुरु भएको सप्ताह ७ गतेसम्म चल्नेछ ।
कर सप्ताह अन्तरगत उत्कृष्ट करदाता र कार्यालयका कर्मचारीलाई सम्मान, करदाता शिक्षा, अन्र्तक्रिया र छलफल कार्यक्रम हुने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए । सप्ताह अन्र्तगतको पहिलो दिन बुधबार प्रमुख जिल्ला अधिकारीको सहभागीतामा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग बाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, चार्टर एकाउन्टेन्ट संघका प्रमुख तथा प्रतिनिधिसहित व्यवासायीबीच अन्तक्र्रिया गरेको उनले जानकारी दिए । दोस्रो दिन बिहीबारदेखि करदाता शिक्षा, अन्तत्र्रिmया र छलफल कार्यक्रम गरिनेछ । जसअन्र्तगत भुक्तानीमा अग्रीम करकट्टी सम्बन्धी इटिडिएस तालिम सञ्चालन भइरहेका छन् । कास्कीमा भएका संघ सरकार र प्रदेश सरकारका कार्यालय, सुरक्षा निकाय, कास्कीका ५ वटै स्थानिय तह र विद्यालयका लेखा हेर्ने कर्मचारीका लागि इटिडिएस तालिम दिइरहेको उनको भनाई छ । करदाता शिक्षा अन्र्तगत नै कास्कीभित्र रहेका सहकारीका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर अहिलेको आय विवरण, करका दर, पछिल्लो समय भएका कर छुटका बारेमा जानकारीसहित अन्तक्र्रिया गर्ने कार्यक्रम छ । सप्ताहको अन्तिम दिन मंसिर ७ गते समापन सहित उत्कृष्ट करदाता र कार्यालय अन्तर्गत उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिने उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width