स्याङ्जामा १० औंं कर दिवस सुरु

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७८
tax syangja 2

स्याङ्जा । १० औं राष्ट्रिय कर दिवस अवसरमा पुतलीबजारस्थित करदाता सेवा कार्यालय स्याङ्जाले कर सप्ताह कार्यक्रमको उद्घाटन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले कर सप्ताहको उद्घाटन गर्दै समयमै कर तिरेर सम्मानपूर्वक आफ्ना कर्म गर्न सुझाव दिए । राज्यले सबै नागरिकलाई करका दायरमामा ल्याउने जनाउँदै राज्यले उपलब्ध गराएका सेवासुविधा समेत उपयोग गर्न आग्रह गरे ।

दिवस अवसरमा स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्सका अध्यक्ष नन्दकुमारी लम्साल लगायतले व्यवसायी र करबारे जानकारी गराउँदै ठूलो संघर्षपछि जिल्लामै स्थापित करदाता कार्यालयबाट सेवा पाउँदा व्यवसायीलाई सहज बनेको बताए ।

कर अधिकृत कपिलराज नेपालले जिल्लामा वार्षिक ५८ करोड ५० लाख कर संकलनको लक्ष्य लिएको जनाए । कात्तिक मसान्तसम्म १३ करोड ३२ लाख संकलन भएको उनको भनाइ छ । जिल्लामा १३ हजार करदाता रहेको बताइएको छ ।

यसैगरी, सूर्योदय लघुवित्त वित्तीय संस्था स्याङ्जाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठलाई सम्मान गरियो । सूर्योदय लगाचार ४ वर्षदेखि उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ । संस्थाले आव २०७७÷०७८ मा करिब १ करोड ७४ लाख कर बुझाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसअघि आन्तरिक राजस्व कार्यालय पोखराले ३ पटक उत्कृष्ट करदाताका रुपमा सम्मान गरिसकेको छ । जिल्लामा भने पहिलो पटक करदाता कार्यालय स्थापनापछि संस्था सम्मानित भएको हो । जिल्लाकै सर्वाधिक आयकर बुझाएका कारण संस्थाले सम्मान पाएको हो । २०७० सालमा पुतलीबजार १ मा प्रधानकार्यालय स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ ।

संस्थाले ३७ जिल्लाका १ सय २ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । झन्डै ८५ हजार ग्राहक संदस्य रहेको संस्थाले ५ सय करोड लगानीमा १ अर्ब ५५ करोड बचत रहेको बताइएको छ । संस्थाले ५ सय जनालाई रोजगार दिएको जनाएको छ ।

दिवसमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष रविन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्सका अध्यक्ष नन्दकुमारी लम्साल लगायतले व्यवसायी र करबारे जानकारी गराउँदै ठूलो संघर्षपछि जिल्लामै स्थापित करदाता कार्यालयबाट सेवा पाउँदा व्यवसायीलाई सहज बनेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width