महाधिवेशनमा कास्की कांग्रेसले भड्किलो प्रचार रोक्ने

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७८

पोखरा । नेपाली कांग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मंगलबार बसेको बैंठकले उक्त निर्णय गरेको हो ।

अब उम्मेदवारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

उम्मेदवारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटामात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्नेछन्, प्रवक्ता सिग्देलले भने, त्यसबाहेक भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।

निर्वाचनस्थलमा उम्मेदवारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने ब्यानर प्रदर्शनलाई समेत रोक लगाइएको छ ।

पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ, मर्यादित र भड्किलोरहित बनाउन पार्टीले त्यस्तो निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ ।

बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width