२ जनालाई हराउँदै राप्रपा गण्डकीमा हेमजंग विजयी

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७८
rpp hemjung

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी अध्यक्षमा इन्जिनियर हेमजंग गुरुङ निर्वाचित भएका छन् । पार्टीको प्रथम अधिवेशनमा उनले अध्यक्षका प्रत्यासी मदनबहादुर कार्की र डा. महेन्द्रबहादुर कार्कीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित इ. गुरुङले कुल खसेको ३ सय ३६ मतमध्ये १ सय ९७ मत प्राप्त गरेका हुन् । यस्तै, उनका निकटतम् प्रतिस्पर्धी कार्कीले १ सय ३२ र डा. कार्कीले ८ मत प्राप्त गरेका छन् । राप्रपा गण्डकीमा ३ सय ६६ मतदातामध्ये चुनावमा ६ मत बदर भएको थियो ।

राप्रपा गण्डकी प्रदेश निर्वाचन समिति संयोजक वरुणविक्रम राणाका अनुसार हालका लागि १० सदस्य थप हुने गरी ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समिति सदस्यमा कास्की जिल्लाबाट कृपा पौडेल, हरिप्रसाद बराल, विष्णु कार्की खड्का, दानबहादुर गुरुङ, मदन परियार चयन भए । यस्तै, गोरखाबाट अम्बिका रुपाखेती, दीपक नेपाली, राजेन्द्रविक्रम शाह, म्याग्दीबाट टोपबहादुर केसी र एकेन्द्रबहादुर रावल, पर्वतबाट रणबहादुर क्षेत्री, हेमलाल शर्मा पौडेल, स्याङ्जाका विश्वबन्धुु पौडेल, भद्रबहादुर सुनार, शान्ति हमाल, तनहुँका गोवद्र्धन भट्टराई, कृष्णप्रसाद पौडेल, सीता थापा, गृबहादुर परियार चयन भए ।

नवलपुरबाट गंगालाल पाण्डे, लक्ष्मी चौधरी थारु, पुुष्पादेवी काफ्ले, बागलुङबाट सुरजबहादुर खड्का, पार्वती शर्मा, ईश्वरराज भण्डारी, लमजुङबाट इन्द्रबहादुर मल्ल, क्या. खड्गबहादुर गुरुङ, मनाङबाट श्याम गुरुङ लगायत चयन भए । पार्टीको पूर्ण बैठकले पछि पदाधिकारी चयन गर्ने छ ।

नयाँ कार्यसमितिको सोमबार सपथ ग्रहण कार्यक्रम भएको छ । प्रदेशका निवर्तमान सचिव एवं राप्रपा गण्डकी प्रदेश निर्वाचन समिति संयोजक वरुणविक्रम राणाले नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै, अध्यक्षले अन्य सदस्यलाई सपथ ग्रहण गराइएको थियो । समारोहमा पूर्व गृहमन्त्री तथा राप्रपाका वरिष्ठ नेता वुद्धिमान तामाङले पार्टी एकताका लागि सबै एकजुट हुुनुुपर्नेमा जोड दिए । त्याग, तपस्या र धैर्य भएमात्र नेता हुुने बताउँदै उनले पार्टीको विधि, विधान र मर्म बुझेर अघि बढ्न सुझाव दिए । समारोहमा राप्रपा विशेष निर्देशन समिति सदस्य नीलकण्ठ काफ्ले, पार्टीका पूर्व उपाध्यक्ष दिलविकास राज भण्डारी, राप्रपा कास्की जिल्ला अध्यक्ष नारायण गुरुङ, निर्वाचन समिति सदस्य सचिव तीर्थराज सुवेदीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width