रिजनल हस्पिटलमा निशुल्क प्लास्टिक सर्जरी

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७८
Regional Hospital

पोखरा । रिजनल हस्पिटल प्राÞलि र बि एन बि अस्पतालको संयुक्त आयोजनामा निशुल्क प्लास्टिक सर्जरी गरिएको छ । पोखरा जिरो किमीमा रहेको रिजनल हस्पिटलले कात्तिक २६ देखि २८ सम्म निशुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा वागलुङ, म्याग्दी, स्याङ्जा, तनहुँ र कास्कीबाट मानिसहरुको सहभागिता रहेको शिविर संयोजक माधव बानियाले जानकारी दिए ।
तिहार अगाडि गण्डकी प्रदेशका केही जिल्लाबाट हस्पिटलले निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया गरिने जनाउँदै ५० जनाको स्क्रीनिङ गरी १७ जना अप्रेसनका लागि छनोट भएको संयोजक बानियाले जानकारी दिए ।
जन्मजातै ओठ, तालु फाटेका मानिस देशको जुनसुकै ठाउँबाट आए पनि निशुल्क प्लास्टिक सर्जरी गरिने रिजनल हस्पिटल प्रालिका प्रबन्धक अर्जुन पोख्रेलले बताए ।
गण्डकी प्रदेशमै पहिलो पटक हस्पिटलले निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया कार्यक्रम आयोजना गरेको र आगामी दिनहरुमा पनि यस्ताखालको कार्यक्रलाई निरन्तरता दिइने प्रबन्धक पोख्रेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग