प्रमुख सचिव डा. दामोदर रेग्मीको बिदाइ

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७८
damodar regmi (2)

पोखरा । गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीको मंगलबार बिदाइ गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्का, मन्त्री डोवाटे विकसहितको उपस्थितिमा उनको बिदाइ गरिएको हो।

असार २८ गते प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न आएका रेग्मीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । गण्डकीको प्रमुख सचिवको जिम्मेवारी रविलाल पन्थले पाएका छन् । उनी बुधबार प्रदेशमा हाजिर हुँदैछन्।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रमुख सचिवसँग करिव ५ महिना सँगै काम गर्दा निकै सहजताका साथ बितेको बताए । राजनीतिक नेतृत्वले लिएको लक्ष्यलाई कार्यान्वयनमा लैजान कर्मचारीतन्त्रबाट पूर्ण सहयोग अपेक्षा गरिने भन्दै डा. रेग्मीले यसमा केही कसर नराखी सहयोग गरेको बताए । उक्त अवसरमा मन्त्री कुमार खड्का र डोबाटे विश्वकर्माले यो अवधिमा डा. रेग्मीले सरकार सञ्चालनमा धेरै सहयोग गरेको भन्दै प्रशंसा गरे । प्रमुख सचिव डा. रेग्मीले १ सय २८ दिनको गण्डकी प्रदेशको बसाइ आफ्नो जीवनको अविस्मरणीय क्षण बनेको बताए । प्रदेशमा रहँदा क्षमताले भ्याएसम्म काम गरेको भन्दै उनले संघीयता कार्यान्यनका लागि स्थानीय तह र प्रदेश सरकार अझ सशक्त हुनुपर्ने भनाइ राखे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रामप्रसाद आचार्य, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले उक्त अवसरमा शुभकामना व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width