कांग्रेस अधिवेशन: मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय   

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७८

गण्डकी। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल(आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोक्नुभएको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । प्रवक्ता सिग्देलका अनुरसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने छ ।बैठकले मङ्सिर ६ गते हुने क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि मङ्सिर ३ गते हुने १(क) को मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस र १(ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २(क)को पोखरा विरौटा र २(ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ । क्षेत्र नं ३ को अधिवेशनका मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ ।
मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने पार्टीले जनाएको छ ।  रासस
–––

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width