माओवादी ठूलाचौरमा दाहाल

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७८
maobadi thulachaur ma

हेमजा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका १ र २ ठूलाचौरको प्रथम टोल कमिटी भेला आइतबार भएको छ । सो भेलाले भरतराज दाहालको अध्यक्षतामा १५ सदस्य टोल कमिटी गठन गरेको छ । त्यस्तै सोमनाथ दाहाल अध्यक्ष, गणेश भण्डारी उपाध्यक्ष र सन्तोष अधिकारी सचिव रहेको कुल १२ सदस्यीय टोल स्तरीय वाइसिएल कमिटी पनि गठन गरेको छ ।
उक्त कार्यक्रममा नेकपा माओवादीका जिल्ला इन्चार्ज राजकाजी गुरुङ, प्रतिनिधि सभा सांसद दुर्गाकुमारी विक, जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी, पार्टी गाउँपालिका सचिव इन्द्र भण्डारी, पूर्व सचिव भेषराज पौडेल, प्रेस सेन्टर कास्की सदस्य रवि दाहाल, समाजसेवी राज दाहाल, वाइसिएल पोखरा २३ का अध्यक्ष प्रजापती सुवेदी, युवा नेता सञ्जय भण्डारीलगायतले बोलेका थिए ।
भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रम नवीन दाहाल (लीलाधर) ले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width