भगवती विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७८
help bhagabati

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कालाबाङ घरेडी स्थित भगवती आधारभूत विद्यालयलाई लेकसाइड निवासी एक युवाले जन्मदिनको अवसरमा साउन्ड सिस्टम सहयोग गरेका छन् ।
कालाबाङ घरेडी जन्म भई हाल बैदाम निवासी समाजसेवी चन्द्रकाजी गुरुङको छोरा बुद्ध गुरुङले शुक्रबार आफ्नो २५ औं वर्ष प्रवेश गरेको अवसरमा विद्यालयलाई साउन्ड सिस्टम सेट हस्तान्तरण गरेका हुन् । साथै उनले विद्यालयको लाइब्रेरीको आवश्यक एक थान बुककेस पनि प्रदान गर्ने घोषणा गरेका छन् । उनी नेपलिज युथ फोरम (एनवाइएफ) लेकसाइडका संस्थापक अध्यक्षसमेत हुन् ।
साथै सोही कार्यक्रममा युथ फोरमका सचिव आदित्य देवकोटा, कोषाध्यक्ष स्वेता रानाभाट तथा सदस्यहरुले जन्मदिनमा उनलाई प्रदान गर्ने उपहारको रकमले विद्यालयलाई विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेका थिए ।
विद्यालय प्रधानाध्याक डिलकुमारी गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङले युवा अवस्थामा समाजसेवामा लाग्ने सोच लिएकोमा उनलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यहरुले अन्य युवाहरुलाई पनि समाजसेवामा लाग्ने उत्प्रेरणा मिल्ने बताए ।
उक्त विद्यालयलाई जन्मदिनको अवसरमा यस अगाडि भूपू विद्यार्थी कमलप्रसाद गुरुङका छोरा सुगीत गुरुङले विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङ, अभिभावक संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार खेमराज बराललगायतले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width