पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको सभा

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७८
Pasu_

पोखरा । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा, पोखराको २१ औं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभाको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गण्डकी प्रदेशको योजना मूल्यांकन महाशाखा प्रमुख डा. गृष्म नेउपानेले गरेका थिए ।
कार्यक्रममा पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रमुख डा. शोभा शर्मा, गैरसरकारी संस्था कास्कीका अध्यक्ष पदम पहारी, सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखराका कार्यकारी निर्देशक कुम गुरुङ, पोखरा महानगरपालिकाको पशु सेवा महाशाखाका प्रमुख नवराज अधिकारी, भेटेरिनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीका सहदेव पौडेल लगायतले बोलेका थिए ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका अध्यक्ष शिवकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लीला गुरुङले गरेका थिए ।
तालिम संयोजक भरत पोखरेलका अनुसार पोखरामा प्रधानकार्यालय रहेको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले २० वर्षदेखि विभिन्न खालका तालिम प्रदान गर्दै आएको छ । यस अवधिमा ३५ दिने ग्रामीण पशु स्वास्थ्य कर्याकर्ता तालिम १ हजार ८ सय ३० जनालाई दिइएको छ भने ७ दिने आधारभूत कृषि तालिम ८ सय बढीले लिइसकेका छन् । यस्तै, संस्थाले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता पुनर्ताजगी तालिम, सामुदायिक पशु व्यवस्थापन कार्यकर्ता तालिम, कुखुरा स्वास्थ्य तथा व्यवस्थापन तालिम, बंगुर स्वास्थ्य तथा व्यवस्थापन तालिम, बाख्रापालन तालिम, व्यावसायिक दूध उत्पादन र प्रशोधन तालिम लगायत डेढ दर्जन तालिम प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width