नेपाली भाषा ज्ञान प्रतियोगिता

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७८
nepali bhasa

पोखरा । नेशनल प्याप्सन कास्कीले आयोजना गरेको नेपाली भाषा ज्ञान प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । विद्यार्थीको नेपाली भाषा, ज्ञान, सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा नेशनल प्याप्सनका २८ वटा विद्यालयको सहभागिता थियो ।
प्रतियोगितामा अञ्जुली बोडिङ स्कुल टुँडिखेल प्रथम, डायमन्ड मोडल बोर्डिङ स्कुल बेगनास द्वितीय र अल्फा एकेडेमी स्कुल लेखनाथ तृतीय स्थान हासिल गरेका थिए भने त्रिवेणी बोडिङ स्कुल अर्घौचोकले सान्त्वना स्थान हासिल गरेको थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता नेशनल प्याप्सनका अध्यक्ष हेमन्त अधिकारीले गरेका थिए । कार्यक्रम संयोजक गौरव थापा थिए । कार्यक्रमको सञ्चालन तोलाकान्त न्यौपानेले गरेका थिए । विजेतालाई पुरस्कार वितरण गरिएको थियो । नेशनल प्याप्सन कास्कीले विद्यार्थीका लागि मासिकरुपमा यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक गौरव थापाले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width