एमाले कास्कीबाट सर्वसम्मत

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७८
UML

पोखरा । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनका लागि कास्कीबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ ।
कास्की क्षेत्र १ बाट खुलातर्फ पुष्पज्योति ढुंगाना, नवराज ओझा, शंकरनाथ पौडेल, बैनबहादुर अधिकारी क्षेत्री, वेदबहादुर गुरुङ (श्याम) र दिलीप न्यौपाने चयन भए । यस्तै, महिलातर्फ विजया सुवेदी, नारायणी भट्टराई र गंगा कुँवर सर्वसम्मत भए । कास्की १ मा ९ जना महाधिवेशन प्रतिनिधिका लागि चुनाव भएको हो ।
यस्तै, कास्की २ बाट खुलामा कृष्ण थापा, रश्मी आचार्य, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल र आरपी शर्मा, महिलातर्फ विद्या भट्टराई, प्रभा कोइराला र मञ्जुदेवी गुरुङ सर्वसम्मत चयन भए ।
उता, कास्की ३ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ राजीव पहारी, दामोदर बैरागी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी र जगन्नाथ बास्तोला सर्वसम्मत हुँदा महिला शोभा बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी सर्वसम्मत भएका हुन् ।
महाधिवेशनमा प्रदेश कमिटीतर्फबाट ५ महाधिवेशन प्रतिनिधिमा खुलातर्फ शोभियत ढकाल, माधव बास्तोला, लीला राना, महिलातर्फ पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ सर्वसम्मत भएका छन् । गण्डकी प्रदेशअन्तर्गत मजदुर पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ रुद्रबहादुर खत्री, कर्णसिंह गुरुङ, नन्दलाल अधिकारी, बलराम पौडेल र महिलातर्फ मीना गुरुङ, पम्फा देवकोटा पहारी र बलादेवी राई निर्विरोध भए । निर्वाचन समितिका अनुसार कास्कीबाट ३१ जनाका लागि १ सय १६ जनाको उम्मेदवारी परेको थियो ।
आगामी मंसिर १० देखि १२ सम्म पार्टीको १० औं महाधिवेशन चितवनमा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width