समाजवादी प्रेस संगठन कास्कीमा बराल

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७८
samajbadi~press

पोखरा । नेकपा (एकीकृत समाजवादी) निकटको समाजवादी प्रेस संगठन कास्की संयोजकमा गणेश बराल चयन भएका छन् । पोखरामा बिहीबार भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समिति सहसंयोजक वीरेन्द्र सापकोटा र जैनव खातुन छन् भने सचिव भीमबहादुर थापा, सहसचिव बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत छन् । सदस्य उमा विक, रोशन अधिकारी, कपिल पौडेल, समीक्षा केसी र खालिदा बेगम चयन भएको जनाइएको छ ।
भेला उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) कास्की अध्यक्ष धनराज आचार्यले राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनविरुद्ध निष्पक्ष भएर कलम चलाउन उनले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारलाई आग्रह गरे । उनले नेकपा (एकीकृत समाजवादी) पार्टी र यसका नेता गलत बाटोमा लागे सोविरुद्ध सबैभन्दा पहिला समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले नै कलम चलाउनुपर्ने सुझाव दिए ।
समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य नवराज सुवेदीले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकार सबैमा उदाहरणीय बन्नुपर्ने बताए । भेलामा नेकपा (एकीकृत समाजवादी) कास्कीका उपसचिव एवं प्रचार प्रमुख पूर्ण लामा, गण्डकी प्रदेश समिति इन्चार्ज श्रीराम सिग्देल लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width