राप्रपा एकता महाधिवेशन तयारीमा

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
rpp

पोखरा । राप्रपाको मंसिर ११ देखि १३ सम्म एकता महाधिवेशन काठमाडौंमा हुँदैछ । वडा, गाउँ÷नगर र जिल्ला अधिवेशन समेत गरिसकेको राप्रपा यसबीच प्रदेश अधिवेशनमा जुटेको हो ।
केन्द्रीय निर्वाचन समितिको कार्यक्रमअनुसार ७ प्रदेशमा एकै दिन कात्तिक २८ गते प्रदेश अधिवेशन हुने भएको छ ।
राप्रपा गण्डकी प्रदेश कार्य समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्रदेशको अधिवेशन तयारीबारे जानकारी गराएको थियो । अधिवेशन सम्पन्न गर्न राप्रपा गण्डकी प्रदेश समितिका अध्यक्ष एवं केन्द्रीय निर्देशन समितिका सदस्य हेमजंग गुरुङको अध्यक्षतामा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जनाइएको छ ।
प्रदेश अधिवेशनमा ११ जिल्लाका जिल्ला अध्यक्ष, निर्वाचन क्षेत्रीय समिति अध्यक्ष, प्रदेश सभा निर्वाचन समिति अध्यक्ष, नगर कार्यसमिति अध्यक्षहरुसहित ४ सय ३ जना सहभागी हुने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width