प्रेस सेन्टर कास्कीको पदस्थापना

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७८
press ~krishna

हेमजा । प्रेस सेन्टर नेपाल कास्की शाखाको पाँचौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना शुक्रवार भएको छ ।
समारोहमा संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले पत्रकारिता क्षेत्रले नेपाली जनतालाई स्कुलिङको काम गरेको बताए ।
पछिल्लो पटक नेपालमा भएको राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षाका लागि पनि पत्रकारले स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । मिडियाको काम खबरदारी गर्ने हो, नराम्रा कामको आलोचना गर्ने पनि हो भन्दै अर्थमन्त्री शर्माले वर्तमान सरकार, मन्त्री, राज्यका उच्च पदस्थ व्यक्तित्वका पनि नराम्रा कार्यको निर्धक्कसँग आलोचना गर्न पत्रकारसमक्ष आग्रह गरे । उनले नेपालमा संघीय नभई समावेशी गणतन्त्र चाहिएको पनि बताए ।
नवनिर्वाचित समितिका अध्यक्ष कृष्ण दवाडीले सबैको सहयोगबाट आफूले कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरे । उनले कास्कीको जनपक्षीय पत्रकारितामा सेन्टरको योगदान महत्वपूर्ण रहेको स्मरण पनि गरे ।
कार्यक्रममा निर्वाचन संयोजक कुशुमकेशव पराजुली, सदस्यद्वय निर्मला न्यौपाने र शिव सुनारको पनि सहभागिता थियो । कार्यक्रम निर्वाचन समिति सदस्य न्यौपानेले सञ्चालन गरिन् ।
सेन्टरको गत कात्तिक १७ गते भएको पाँचौं अधिवेशनले कृष्ण दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष (खुला) दीननाथ बराल, उपाध्यक्ष (महिला) शोभा बराल, सचिव पुष्प दाहाल, सहसचिव (खुला) सुरेशराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा श्रीभद्र पौडेल छन् ।
सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, लीलाचन्द्र अधिकारी, विवेक भण्डारी, प्रकाशचन्द्र गिरी, खगेन्द्रप्रसाद अर्याल, प्रकाशचन्द्र अधिकारी र बाबुराम सुवेदी छन् ।
त्यस्तै, अधिवेशनले पोखरा महानगरमा शिवराज बस्ताकोटी (शिव दाइ), अन्नपूर्ण गाउँपालिकामा श्रीभद्र पौडेल, रुपामा सुरेशराज अधिकारीलाई संयोजक तोकेको छ । त्यस्तै प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधि पनि छनोट गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width