पोखरा–काठमाडौं सडक यात्रा

२ घन्टामा झार्नेबारे छलफल : अर्थमन्त्री शर्मा

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
Finance Mimster 2

पोखरा । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै उनले भने, ‘उद्योग खोल्न के सुविधा चाहिन्छ, त्यो दिन सरकार तयार छ । भन्सार छुट चाहियो कि विद्युत वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’ उनले देशमा उत्पादित ५ सय मेगावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गरे ।
हालसम्म ४.७ प्रतिशतमात्रै पुँजीगत खर्च हुनु दुखको विषय भएको स्वीकार्दै उनले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी गराए । अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ । बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकसँग छलफल गरेको जानकारी दिंदै मन्त्री शर्माले केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गरे ।
पोखरा–काठमाडौंको सडक यात्रा अवधि २ घन्टामा झार्न भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उनले भने, ‘बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्छ ।’ उनले कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनर्कर्जा र अनुदान वितरणको प्रभाविकारिता अनुगमन थालिएको जानकारी गराउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकहरुले नाफामुखी भएर लागु गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गरे । उनले बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिडविरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमलाई तीव्रता दिन आग्रह गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको मारमा परेका व्यवसायीहरु १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र कार्यसमिति सदस्य सुदीप प्रधानांगले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width