४ दशकपछिको भेटले चिन्नै मुस्किल

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
talbarahi~

पोखरा । विद्यालयका सहपाठीको झन्डै ४० वर्षपछिको भेट कस्तो होला ? कतिपयलाई त आपसमा चिन्न पनि मुस्किल पर्ने ।
जुँगाको रेखीसमेत नबसेको अनुहार छपप्कै दाह्रीकपालसमेत फुलिसकेको देख्दा झुक्किनु स्वभाविकै हो ।
यस्तै भयो, लेकसाइडस्थित तालवाराही माविका भूपू विद्यार्थीको भेट ।
२०४० सालको एसएलसी व्याचका विद्यार्थीको एक समूह लेकसाइडस्थित बुमर्‍याङ रेन्टुरेन्टमा बिहीबार भेला भउको थियो ।
विद्यालयका पहिलो ब्याचका उनीहरु एकअर्कालाई चिन्न हम्मेहम्मे परेको रेष्टुरेन्टका सञ्चालक समेत रहेका सहपाठी गणेशबहादुर भट्टराईले बताए । साथीको त्यसबेलाको कलिलै अनुहार मनस्तिष्कमा लिएर भेटघाटमा उपस्थित हुँदा सबै जना चकित परे । विगतमा फर्किंदा सबैको मुहारमा अनौठो हाँसो फुरेको थियो । उनीहरुले एक पटक नाम, ठेगाना र पेसासहित परिचय कार्यक्रम गरे । ३२ सहपाठीहरुले लामो कालखण्डपछि आपसमा दुखसुख साटे । उनीहरुले पुराना साथीहरु आगामी दिनमा संगठित भएर अघि बढ्ने प्रतिवद्धता गरे । भोलिका दिनमा आइपर्ने समस्याविरुद्ध जुध्न कोष खडा गर्ने निर्णयसमेत गरेका छन् ।
लामो समयपछि बेलायतबाट फर्र्किएकी लक्ष्मी थापाले रेवान पोखराका पूर्वाध्यक्ष समेत रहेका बलराम पहारीसँगको समन्वयमा साथीभाइको भेटघाटको चाँजोपाँजो मिलाएकी हुन् । आतिथ्यताको व्यवस्थापन मिलाइदिएकोमा सहपाठीहरुले अग्रज पर्यटन व्यवसायीसमेत रहेका गणेशबहादुर भट्टराईलाई धन्यवाद दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width