अपांगतालाई जनगणनामा नछुटाऊ

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७८

पोखरा । राष्ट्रिय अपांग महासंघ नेपालले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनामा वास्तविक अपांगता भएका व्यक्तिको विवरण नछुटाउन आग्रह गरेको छ ।
महासंघ गण्डकी प्रदेशले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी भरपर्दो तथा अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य तथ्यांकको अभावमा नेपाली अपांगता भएका व्यक्ति अझै पनि विकासको मूलधारमा आउन नसकेको भन्दै विवरण संकलन नछुटाउन सो कुरामा जोड दिएको हो ।
केन्द्रीय तथ्यांक विभागले ‘मेरो जनगणनाः मेरो सहभागिता’ भन्ने मूलनारासहित गर्न लागेको राष्ट्रिय जनगणना–२०७८ लाई अपांगता समावेशी बनाउन गरेको प्रयास सह्राननीय रहेको भन्दै ती सकारात्मक प्रयासलाई थप बल प्रदान गर्न र गण्डकीमा बसोबास गर्ने सबै अपांगता भएका व्यक्तिको यकिन तथ्यांक ल्याउन सकियोस् भन्ने मूल उद्देश्यले महासंघ गण्डकीले प्रदेशमा अभियानसमेत सञ्चालन गरेको जनाएको छ ।
महासंघ गण्डकी अध्यक्ष खोमराज शर्माले अपांगता भएका व्यक्तिको बहुपक्षीय एवं वास्तविक तथ्यांक प्राप्त गर्न, अपांगता भएका व्यक्तिका लागि प्रभावकारी नीति, कार्यक्रम र सेवासुविधा तर्जुमा गर्न, अपांगता भएका व्यक्तिको आर्थिक तथा सामाजिक अवस्थाको बारेमा सरोकारवालालाई जानकारी उपलब्ध गराउन पनि जनगणना महत्वपूर्ण रहेको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको झण्डै १० देखि १५ प्रतिशत जनसंख्या कुनै न कुनै अपांगतासँग बाँचिरहेका छन् । अपांगता भएका व्यक्तिको कुल जनसंख्याको ८० प्रतिशत विकासोन्मुख देशमा बसोबास गर्दछन् भन्ने अनुमान छ । नेपालमा अघिल्लो जनगणनाअनुसार अपांगता भएका व्यक्ति कुल जनसंख्याको १.९४ अर्थात् ५ लाख १३ हजार छन् भने गण्डकीमा कुल जनसंख्याको २.०३ प्रतिशत रहेको छ । प्रदेश अध्यक्ष खोमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सल्लाहकार एवं कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width