मगर चलचित्रकर्मी संघमा राहुल

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७८
Magar Film Makers News

पोखरा । मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा राहुल थापामगर सर्वसम्मत चयन भए । उनी यसअघि पनि अध्यक्ष थिए ।
मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सहसचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा लेकदेवी पुनमगर रहेका छन् । ११ सदस्यीय कार्यसमिति सदस्यमा अञ्जु बुढामगर, मुना रानामगर र बाजिन्द्र बुढामगर रहेका छन् । रिक्त ३ सदस्य पछि मनोनीत हुनेछन् ।
अधिवेशनको उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले कोरोना महामारीका कारण चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताए । पछिल्लो समय कोरोना केही नियन्त्रणमा आए पनि जोखिम उत्तिकै रहेको भन्दै उनले अझै पनि ढुक्क भएर चलचित्रमा लगानी गर्ने वातावरण तयार भइनसकेको बताए । मगर चलचित्रको बजार विस्तार आवश्यक रहेकोमा जोड दिंदै उपाध्यक्ष पुनमगरले मगर चलचित्र निर्माणलाई बढावा दिन स्वयं मगर समुदाय र राज्यले साथ दिनुपर्ने उल्लेख गरे ।
संघका संस्थापक केन्द्रीय सदस्य सन्तोष पिठाकोटेमगरले मगर जातिको जनसंख्या ठूलो भए पनि मगर चलचित्रको बजार विस्तार हुन नसक्नु विडम्बना भएको बताए । मगर चलचित्रको निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको भन्दै उनले मगर चलचित्रको प्रवद्र्धनमा सञ्चारमाध्यमको साथ लिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगरले मगर चलचित्रकर्मी र मगर पत्रकारका बीचमा सहकार्यको खाँचो औंल्याए । मगर चलचित्रको प्रवद्र्धनका लागि मगर पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले मगर चलचित्रकर्मीले मगर पत्रकार खोज्ने र मगर पत्रकारले मगर चलचित्रकर्मी खोज्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरले मगर भाषा, साहित्य र चलचित्र क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नु जरुरी रहेको बताए ।
मगर चलचित्रकर्मी संघ नेपाल कास्की अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र उपाध्यक्ष केशव आलेमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width