डायमन्ड रनिङसिल्ड शुरु

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
Diamond running sheilled 1st 4-5 football

लेखनाथ । पोखरा २७ तालचोकस्थित डायमन्ड माध्यमिक विद्यालयमा चौथोे डायमन्ड रनिङसिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

विद्यार्थीलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देश्यले खेलकुद प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताए ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीबीच विभिन्न विधामा खेलकुद गरिँदै आएको र यस वर्ष पनि निरन्तरता दिइएको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख सञ्जीव थापालगायतले बोलेका थिए ।

खेलकुदको पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीबीच विभिन्न विधामा खेलकुद सुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुला दौड तथा कक्षा ४ र ५ छात्राबीच खुला दौड सम्पन्न भए । छात्रबीच भएको फुटबल प्रतियोगितामा कक्षा ५ बि ले कक्षा ४ ए लाई ० का विरुद्ध ६ गोल गर्दै प्रथम हुन सफल भएको विद्यालयका संयोजक दिनेश शर्माले जानकारी दिए ।

खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस लगायतका खेल खेलाइने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिए । खेलकुद प्रतियोगिता कात्तिक गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width