राजेन्द्र स्मृति ग्रन्थ लोकार्पण

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
tarabhat news photo18

पोखरा । सामााजिक व्यक्तित्व एवं प्रजातन्त्रका सेनानी स्वर्गीय राजेन्द्रप्रसाद त्रिपाठीको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले लोकार्पण गरेका छन् ।
शैक्षिक, सामाजिक, राजनीतिक र विकासप्रेमी नेताका रुपमा छबि बनाएका राजेन्द्रप्रसादको ८३ वर्षको उमेरमा २०७७ वैशाख ३० गते निधन भएको थियो । स्व. त्रिपाठीले गरेको संघर्ष राजनीतिक एवं सामाजिक कार्यहरुको इतिहास जीवन्त राख्न सममाजसेवी ऋषिराम त्रिपाठीको संयोजकत्वमा स्मृति ग्रन्थ प्रकाशन समिति गठन गरिएको थियो । तत्कालीन कालिका गाविसको पूर्व प्रधानपञ्च भएर काम गरिसकेका स्व. त्रिपाठीले विशेषत स्थानीय विकासको लागी उल्लेख्य योगदान गरेका थिए ।
त्रिपाठीले गरेका योगदानको कदर गर्दै स्थानीय तहबाट २०७७ वैशाख २५ गते चौरासी पूजा र नागरिक अभिनन्दन एकसाथ गर्ने तयारी भए पनि कोभिडका कारण सोही समयमा अभिनन्दन हुन पाएन ।
पुस्तकको विमोचन गर्दै पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले राजनीतिमा आफूसमेत त्रिपाठीको अनुयायी भएको बताए । त्रिपाठीले प्रधानपञ्च हुँदा विकासका योजनामा स्रोतको समानुपातिक बाँडफाँड गरेको स्मरण गर्दै पूर्वसभामुख रानाभाटले जेलनेल, दुखकष्ट नभनी राजनीतिक चेतनाको अभियानमा स्वर्गीय त्रिपाठी सधैं सक्रिय रहेको स्मरण गरे ।
पूर्व मन्त्री यज्ञबहादुर थापाले राष्ट्र र जनता र पार्टीप्रति जिम्मेवार रहेर काम गर्ने नेताको खडेरी भएका बेला स्व. राजेन्द्रजस्तो व्यक्तिको खाँचो औंल्याए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले स्वयं त्रिपाठीले साविक कालिका गाविसमा रहेर शिक्षा, स्वास्थ्य, सडक, भूसंरक्षण लगायतका विभिन्न विकासका पूर्वाधार निर्माणमा गररेका कामहरुको स्मरण गरे ।
पुस्तकको समीक्षा गर्दै समालोचक पदमशरण रेग्मीले सामाजिक, धार्मिक, पारिवारिक संरक्षक आदि दृष्टिकोणबाट ७१ वटा लेखमार्फत् बहुआयामिक व्यक्तित्वका रुपमा त्रिपाठीको पहिचान भएको उल्लेख गरे ।
त्रिपाठीका छोरा कीर्तिबल्लभ त्रिपाठीले बुबाको स्मृति ग्रन्थ प्रकाशन गर्ने र लोकार्पण समारोहमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । स्मृति ग्रन्थ प्रकाशन समितिका अध्यक्ष ऋषिराम त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनका सहपाठी परासर चापागार्इं, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, कांग्रेस कालिकाका वडा सभापति विश्वरमण अधिकारी, भानु ढकाल लगायतले त्रिपाठीका योगदानको चर्चा गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width