स्याङ्जा । स्याङ्जा जिल्लालाई मध्य भागमा चिरेर अघि बढेको सिद्धार्थ राजमार्ग जिर्ण बन्दै गएको छ । पहाड र तराई जोड्ने अनि पुरानो राजमार्ग जिर्ण बन्दै गएपछि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले संरक्षणका लागि पहल गरे ।
सिद्धार्थ राजमार्ग मर्मत कार्य सहज थिएन । प्रशासन कार्यालय विकासे कार्यालय पनि होइन । तर, प्रजिअ पौडेलले दृढसंकल्प गरे । जिल्लामा सहज रुपले उपलब्ध हुने र सामुहिक कार्यबाट सफलता मिल्ने काममा जुटे । सबैसंग समन्वय गरे । अन्ततः सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डका खाल्डाखुल्डी पुर्ने अभियानलाई पुरा गरे । प्रजिअ पौडेलको बिशेष सक्रियता र स्थानीय पालिकासंग समन्वय गर्दे राजमार्ग संरक्षण अभियानमा जुटेका हुन् ।
अभियान अन्र्तगत स्याङ्जा अन्र्तगतका राजमार्ग एकैदिन ८२ किलोमीटर मर्मत सम्पन्न पूरा भएको छ । पोखरा—सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाखण्डका सयौं ठाउँका खाल्डाखुल्डी भर्ने काम भएको हो । सडक डिभिजन कार्यालय पोखरामार्फत् बर्सेनि टालटुलका बजेट बिनियोजन गर्छ । ठेकेदारले काम गरेको पनि देखिन्छ । तर, टालटुले मार्ग केही महिनामै भत्किने गर्छ । जसका कारण पैदलयात्री र सवारी साधनले समेत सास्ती भोग्नु परेको छ । दुर्घटनालाई समेत बढवा दिएको छ ।
वर्षामा हिलो र हिउँदमा धुलोले राजमार्गका दायाँबायाँका बासिन्दा प्रदुषित मात्र होइनन् रोगी बनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र गाउँपालिकाका तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुख र कर्मचारी, सडक डिभिजन कार्यालय लगायतका कर्मचारी तथा स्तस्फुर्तरुपमा आएका स्थानीयले राजमार्गका खाल्डाखुल्डी भर्ने काम गरेका हुन् । बेमौसमी वर्षा र सडक बिस्तारका नाउमा फोडिएका भित्ताले राजमार्गलाई जिर्ण बनाएको छ । जसका कारण राजमार्ग भत्किनुका साथै ठूल्ठूला खाडल परेका छन् । तिनै खाडलमा पानी जमेर यात्रु आगामनलाई अहसज र कठिन बनाएको छ ।
फेदीखोला गाउँपालिकाको कुभिण्डेदेखि गल्याङ् नगरपालिकाको राम्दीपुलसम्मका खाल्डाखुल्डी पुरिएका प्रजिअ राजुप्रसाद पौडेलले जानकारी दिए । राजमार्गमा फेदीखोला गाउँपालिकासहित पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ् नगरपालिका पर्दछन् । स्थानीय पालिकाले पनि आआफ्ना क्षेत्र अन्र्तगत सरसफाई र खाल्डाखुल्डी पुर्ने काम गरे ।
कास्की र स्याङ्जाको सिमाना कुभिण्डदेखि गण्डकी र लुम्बिनी प्रदेशको सिमाना राम्दीसम्मका राजमार्ग सहज बनाउन खाल्डाखुल्डी पुर्न बुधवार दिनभर नै पालिका प्रमुख सहित प्रहरी प्रशासनको टोली राजमार्ग ब्यस्तै देखिन्थे ।
खाडल पुर्नका लागि बालुवा, गिटी, माटोको प्रयोग गरिएको छ । सडकमा ग्रेड नमिलाई थापरिएका ढिस्का ढिस्की फालेर जेसीवीको प्रयोगगरी मर्मत गरिएको छ ।
झण्डै दुई साताअघि सरुवाभई आएका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग अवरुद्ध हुन नदिने बताएका थिए । बर्षाौंदेखि सास्ती भोग्दै आएको पुतलीबजार नगरपालिका ११ स्थित जाडखोलाको अवरुद्ध ढुंगाा माटो पन्छाउन लगाएपछि अहिले आवागमनमा सहज बनेको छ ।
रातको समयमा सुरक्षा निकाय र डोजर सहितको टोली पुगेर प्रजिअ पौडेलले राजमार्ग खुलाएका हुन । सिद्धार्थ राजमार्ग भए पनि यहाँ एकपटक दुइतर्फी सवारीसाधन चलाउन कठिन हुन्थ्यो । माथिबाट झरेको पानीको भेलले बाटो बगाएर मार्ग नै बिग्रीएको थियो । मार्गमै पानीको भेल बग्थ्यो ।
‘चाह्यो भने ठूलो कुरो होइन रहेछ, स साना कुराका समन्वय गर्दे जाने हो भने स साना कामले ठूलो परिवर्तन र सकारात्मक प्रभाव पर्दोरहेछ,’ पुतलीबजार नगरपालिका ११ का कार्यवाहक वडाध्यक्ष मनोज पौडेल भन्छन् ।
यसरी राजमार्गका खाल्डाखुल्डी वालुवा, ढुंगा र माटाले पुरे पनि दिर्घकालिन समस्या समाधान हुँदैन । केही समयका लागि सहज बनाउन यस्ता अभियान संचालन गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका भनाई छन् ।
जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, फेदिखोलाका अध्यक्ष घनश्याम सुवेदी, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, भीरकोट नगरप्रमुख छायाराम खनाल, वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँण र गल्याङ् नगरप्रमुख भूपराज अधिकारी लगायत जनप्रतिनिधीको प्रत्यक्ष सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१