पोखरा–मुग्लिन सडक स्तरोन्नति सुरु

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७८
muglin-pokhara-sadak

पोखरा । चार लेनमा स्तरोन्तति गरिने पृथ्वी राजमार्गको पोखरादेखि मुग्लिन सडकखण्डमा रुख कटान सुरु गरिएको छ । पहिलो चरणमा आँबुखैरेनीदेखि जामुने प्याकेजअन्तर्गतका रुख काट्न थालिएको हो । सडक बिस्तारका लागि तनहुँ जिल्लाभित्र मात्रै ६ हजार ७ सय ५० रुख काट्नु पर्ने रिपोर्ट छ । कास्की जिल्लामा भने १ हजार ५ सयभन्दा बढी रुख काट्नुपर्ने आयोजनाले जनाएको छ । रुख काट्न वन विभागले स्वीकृति दिइसकेको छ ।
मुग्लिनदेखि आँबुखैरैनी, आँबुखैरेनीदेखि जामुने र जामुनेदेखि पोखरा गरी ३ प्याकेजमा सडकलाई विभाजन गरिएको छ । मुग्लिन आँबुखैरेनी सडक छोडेर २ प्याकेजमा पहिलो चरणको काम हुँदै छ । मुग्लिङ–पोखरा ४ लेन सडक योजनाका लागि चालु आर्थिक वर्षमा संघ सरकारले ४ अर्ब ४३ करोड विनियोजन गरेको छ । दुवै प्याकेज चीनको कम्पनीले पाएका छन् । पहिलो प्याकेज चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र दोश्रो प्याकेज अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीलाई ठेक्का दिइएको हो । यो सडकको काम २०२४ को अप्रिलमा सकिने छ । आँबुखैरेनी–जामुने खण्डमा ६ अर्ब २१ करोड र जामुनेदेखि पोखरा खण्डमा ७ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ ।
यो खण्डमा करिब १ हजार घर भत्काउनुपर्ने छ । मुग्लिनदेखि डुम्रे खण्डका २ सय ३७, डुम्रेदेखि दमौलीसम्मका ९८, दमौलीदेखि खैरेनीटारमा २ सय ६७ घर र खैरेनीटार–पोखरा क्षेत्रमा २ सय ५८ घर भत्काउनुपर्ने देखिएको छ । अझै केही थपिन सक्ने बताइएको छ । सबै घरटहरालाई मुआब्जा दिएर हटाउने आयोजनाले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि कास्की जिल्लामा मात्रै १५ सय बढी रुख काट्नुपर्ने छ

यो सडकमा साना ठूला ३९ वटा पुल बनाउनुपर्ने डिजाइन छ । साना ३१ र ठूला ८ वटा पुल बन्ने आयोजनाले जनाएको छ । यसबाहेक २ सय ३० वटा स्ल्याब कल्भर्ट र ६२ वटा पाइप कल्भर्ट बनाइने छ । धारापानी, खानीखोला, नालाखोला, बुल्दी खोला, म्याग्दे खोला, कुम्ले खोला, कोत्रे र विजयपुरमा नयाँ पुल बनाउने योजना छ । मादीमा ४ लेनको नयाँ पुल बन्नेछ भने सेतीमा अहिले भइरहेको पुललाई सहयोग पुग्ने गरी थप २ लेनको पुल निर्माण हुनेछ । निर्माण सामग्री र वन क्षेत्रका कारण केही समस्या आउन सक्ने एडिबीले जनाएको छ । सडकको डिजाइन सन् २०१६ देखि क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाएको हो ।
६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ । यो सडक पूर्ण रुपमा स्तरोन्तति गर्न करिब २८ अर्ब लाग्ने अनुमान गरिएको छ । यसमध्ये ४ अर्ब रुपैयाँ मादी र सेतीमा आकर्षक पुल बनाउन खर्च हुनेछ । सडक बिस्तारको क्रममा मापदण्डभित्र पर्ने करिब १ हजार घर टहरा हटाउनुपर्ने रिपोर्ट निकालिएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने ८ किलोमिटर आबुखैरनी–मुग्लिन खण्डमा त्यसपछि काम हुनेछ ।
एडिबीका अनुसार आगामी ५ वर्षभित्र यो राजमार्गलाई पूर्ण रुपमा स्तरोन्तति गरिसकिने छ । करिब ५ दशकअघि चीन सरकारको सहयोगमा निर्माण गरिएको यो सडक सामान्य टालटुल बाहेक अहिलेसम्म स्तरोन्तति भएको छैन । दुवैतिर सर्भिस लेन, फुटपाथसहित बजारी क्षेत्रमा ४२.५ मिटर चौडा र अरु ठाउँमा १८ मिटर फराकिलो बाटो बन्ने आयोजनाका इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए । सडक बनाउन एडिबीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने समझदारी भएको छ । नेपाल सरकारले थप ५ अर्ब ९० करोड लगानी गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width