एकल पुरुषलाई पनि भत्ता

रासस
कार्तिक १७, २०७८

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ ।

गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि चालु आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल पुरुषलाई मासिक रु दुई हजारका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय भएको छ ।” गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन् । समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेका छन् । सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताउनुभयो । अहिले गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ ।

तथ्याङ्क आउने वित्तिकै विदुर भत्ता दिन सुरु गर्ने हुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिनुभयो । एकल पुरुषको तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको पनि छ । हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्ष भन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो ।

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असाहय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याका बारेमा अध्ययन गरेको थियो ।

समाजमा एकल पुरुषको अवस्था पनि दयनीय भएकाले उनीहरुको अवस्थामा सुधार र जीवनयापनमा सहज बनाउन विदुर भत्ता दिने निष्कर्षमा पुगेको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width