सामुदायिक सेवा केन्द्रका लागि करोडौं दान, मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७८
community police building (3)

लमजुङ । लामो समय अमेरिका बसेका महेन्द्रराज वाग्लेलाई थाहा थियो युरोप अमेरिकातिर सामुदायिक सेवा केन्द्रले निकै प्रभावकारी काम गर्दै आएका छन् । जन्मथलो लमजुङको दुई पिप्लेमा महेन्द्रकै दाजु केशवराज सामुदायिक सेवामा खटिएका थिए । समाजसेवामा लगाव भएका महेन्द्रले दाजुकै अभियानमा बल पु¥याउन २०७४ सालमा सामुदायिक प्रहरीलाई साढे ४ आना र प्रहीलाई १० आना जग्गा पास गरेरर दिए ।


जग्गा पास गरिदिएर मात्र उनको चित्त बुझेन । सामुदायिक प्रहरी सेवा केन्द्रको भवन बनाइदिने रहर उनमा जाग्यो । सुरुमा १ तले भवन बनाउने सुरु गरेकामा ४ तला पुग्यो । दमौली भोर्लेटार सडक खण्डसँगै जोडिएको उक्त ठाउँको जग्गाको भाउ अहिले छोइसक्नु छैन । तर महेन्द्रलाई त्यो मूल्यले छोएन । पुष्पलता बहुमुखी क्याम्पस, साना किसान सहकारी, आमा समूह, उद्योग वाणिज्य संघ, मठमन्दिर, बाटोघाटोका लागि पनि उनले मन खोलेर सहयोग गरेका छन् । उनले भने, ‘समाजसेवामा नै आनन्द छ, अमेरिकामा रहँदा पनि धेरै समय र रकम समाजसेवामै खर्चेको छु ।’ आफ्नो कमाइको केही मात्र दान गर्नुपर्छ भन्ने प्रेरणाबाट आफू प्रेरित भएको भनाइ उनले राखे ।
मध्यनेपाल नगरपालिका–४ दुइपिप्लेस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको ४ तले, १४ कोठे भवनका लागि १ करोड २५ लाख रुपैयाँ लागेको छ । यसको खर्च पनि उनै महेन्द्रले बेहोरो । त्यही भवनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेरका छन् ।

मुख्यमन्त्री पोखरेलले सरकारले गरेर मात्र विकास सम्भव नहुने भन्दै निजी र सामुदायिक क्षेत्र पनि क्रियाशील रहनुपर्ने भनाइ राखे । उनले प्रदेश सरकार नागरिकको अभिभावक हुने गरी काम गरिरहेको बताए । कोभिड–१९ संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्ने गरी बजेट र नीति तथा कार्यक्रम ल्याएको जानकारी उनले गराए ।

दाता परिवार

मुख्यमन्त्री पोखरेलले कोरोना महामारीमा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ र दुवै अभिभावक गुमाएका बालबालिकाको पठनपाठनका लागि प्रदेश सरकारले मासिक ५ रुपैयाँ दिने निर्णय गरेको बताए । नागरिकको जनताको स्वास्थ्यलाई विषेश प्राथमिकतामा राख्दै प्रदेश सरकारले स्तन र पाठेघरको मुखको क्यान्सर उपचारलाई निशुल्क गर्ने घोषणा गरेको उनको भनाइ थियो । नागरिकको शिक्षा, स्वास्थ्य, सडकलगायतका क्षेत्रमा सरकारले काम गर्दै आएको उल्लेख गर्दै उनले नागरिकको मन प्रदेश सरकार जितेको दाबी गरे ।

कार्यक्रममा शिक्षा, सस्कृति, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, बिना विभागीय मन्त्री डोबाटे विश्वकर्मा, राजनीतिक विश्लेषक अरुण सुवेदी, कांग्रेसका युवा नेता लक्षु थापा, जनप्रतिनिधि र स्थानीय अगुवाले भनाइ राखेका थिए । भवन निर्माण समिति अध्यक्ष केशवराज वाग्लेका अनुसार दुईपिप्ले प्रहरीचौकीको सेवा समेत उक्त भवनबाट प्रदान गरिनेछ ।

कार्यक्रममा जग्गादाता महेन्द्रराज वाग्ले, पत्नी शोभा न्यौपाने, छोरी मनषा वाग्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, प्रदेश सभा सदस्यहरु विष्णुप्रसाद लामिछाने, सरीता गुरुङ, प्रदेश प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीसहित सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width